मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अन्तिम संस्कार’मा ‘न्यूड’ छन् विजय लामा ?

फिल्मीखबर, काठमाडौं, 2023/06/05

vijay lama

 

फिल्ममा ‘न्यूड’ सिन दिन सक्नु आफैंमा हिम्मतको कुरा हो । यस्ता सिनका लागि हम्मेसी कोही कलाकार तयार हुँदैनन् । किनकि, ‘न्यूड’ सिन स्वीकार्न नेपाली समाज अझै उदार भैसकेको छैन । त्यसमाथि यस्ता संवेदनशील दृश्यलाई कलात्मक रुपमा देखाउनु चुनौतीपूर्ण काम हो । हलिउड र बलिउडमा यस्ता दृश्यको प्रयोग हुँदै आएको भए पनि नेपाली फिल्ममा विस्तारै ‘प्राक्टिस’ हुँदैछ ।

केही फिल्ममा अभिनेत्रीहरुले ‘न्यूड’ सिन दिएका छन् । ‘बुलबुल’मा स्वस्तिमा खड्का, ‘समर लभ’मा रेवती क्षेत्री, ‘परस्त्री’मा शिल्पा मास्केको ‘न्यूड’ सिन समावेश छ । सम्भवतः पहिलो पटक नेपाली फिल्ममा पुरुष कलाकारले ‘न्यूड’ सिन दिएका छन् । आगामी असार ८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘अन्तिम संस्कार’मा अभिनेता विजय लामाको ‘न्यूड’ सिन रहेको जानकारी प्राप्त छ ।

केही दिनअघि काठमाडौंमा आयोजित ट्रेलर रिलिज कार्यक्रममा उनले फिल्ममा आफ्नो ‘न्यूड’ सिन रहेको नखुलाए पनि अनुमान लगाउन छुट दिए । यो कुरा फिल्म हेरेपछि थाहा हुने उनले बताए । यद्यपि, उनले फिल्ममा आफ्नो र कलाकार त्रिचु राईको एउटा ‘एक्सपोजर सिन’ रहेको भन्दै ‘न्यूड’ सिनतर्फ संकेत गरे । आफ्नो लागि फिल्मको भूमिका चुनौतीपूर्ण रहेको पनि लामाले बताए ।

‘न्यूड’ सिनतर्फ इंकित गर्दै उनले भने, ‘कथा सुन्दाखेरि नै काम गर्ने कि नगर्ने भनेर सोच्नमग्न भएको थिएँ । किनकि, हाम्रो समाजले कति चिजहरुमा बाँधेर राखेको छ । तर, कति कुरामा समाजले हामीलाई फुकाइदिएको पनि हुन्छ । यो फिल्ममा हामीले समाजको रीतिरिवाजलाई मानेका छौं ।’ चिसो मौसम र ‘एक्सपोजर’का कारणले फिल्ममा काम गर्न गाह्रो भएको अनुभव पनि उनले सुनाए ।