मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साडीमा ‘ग्ल्यामरस’ पूजा

फिल्मीखबर, काठमाडौं, 2023/06/05

साडी महिलाको पहिचान हो । भलाद्मी, शालीन र सौम्य पोशाकको रुपमा पनि साडीलाई लिइन्छ । साडीले महिलालाई ‘ग्ल्यामरस लुक’ दिन्छ । यसैले पछिल्लो पुस्ताका युवतीहरुमा साडी फेसनको रुपमा प्रख्यात हुन थालेको छ । अधिकांश नेपाली अभिनेत्रीहरु पनि साडी पारखी छन् । फिल्मसम्बन्धी सार्वजनिक कार्यक्रममा उपस्थित हुनुपर्दा प्रायः अभिनेत्रीको पहिरन रोजाइमा साडी पर्छ ।

 

pooja sharma


अभिनेत्री पूजा शर्मा पनि साडीको सौखिन हुन् । यद्यपि, उनी क्याजुअल शैलीका परिहनमा बढी देखिन्छिन् । साडीभन्दा क्याजुअल पहिरन लगाउनलाई सहज हुने भएकाले पनि हुनसक्छ । तर, कुनै विशेष कार्यक्रममा भने उनी साडीमै पुग्छिन् । उनी नयाँ शैलीका साडीमा अवार्ड कार्यक्रमदेखि फिल्मको प्रिमियरसम्म पुगेकी छन् । पूजाले फिल्म र गीतमा पनि साडी लगाएर काम गरेकी छन् ।

 

pooja sharma


अहिले पूजाको सामाजिक सञ्जाल निहाल्ने हो भने उनले नयाँ शैलीको साडीमा फोटोसुट गरेका तस्बिरहरु देख्न सकिन्छ । श्वेता सिरोहिया रोक्काले डिजाइन गरेको दुई फरक रंगका स्टाइलिस साडीमा उनी ‘ग्ल्यामरस’ देखिएकी छन् । उनी कुनै कार्यक्रममा उपस्थित हुनका लागि साडीमा सजिएकी भने होइनन् । सिर्फ फोटोसुटका लागि हो । यसले पनि उनको ‘साडी प्रेम’ दर्शाउँछ ।

 

pooja sharma


युवापुस्तामा राम्रो क्रेज भएकी पूजा चाँडै अभिनेत्री रेखा थापासँग एक फिल्ममा काम गर्ने तयारीमा छिन्, जसलाई ‘झिँगेदाउ’ फेम्ड निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन् । यो फिल्मलाई लिएर उनी निकै उत्साहित छिन् । पूजा आफ्नै होम प्रोडक्सनबाट पनि फिल्म निर्माणको तयारीमा छिन् । महंगी अभिनेत्री मानिने उनी आफ्नो स्टारडमको बलमा फिल्म चलाउन सक्ने ल्याकत राख्छिन् ।