मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनुपले उचाले १३८ केजीको बाइक

फिल्मीखबर, काठमाडौं, 2023/06/04

anoop bikram shahi

 

‘ह्यान्डसम भिलेन’को रुपमा चिनिएका अनुपविक्रम शाहीले बलिष्ठ शरीर बनाएका छन् । यसका लागि उनी दिनहुँ जिममा पसिना बगाउँछन् । खानपिनदेखि अन्य जीवनशैलीमा अनुशासित छन् । यसैले त उनको शरीर बाह्रैमास एकैनास हुन्छ । उनको सुगठित शरीर फिल्ममा पनि काम लाग्दै आएको छ । भिलेनको भूमिका निर्वाह गर्दा एक्सन सिनमा उनलाई शरीरले राम्रो साथ दिने गर्छ ।

तर, अनुपले आफ्नो बलिष्ठ शरीरको तागत फिल्ममा भने देखाउन पाएका छैनन् । जसरी बलिउड फिल्म ‘फोर्स’मा अभिनेता जोन अब्राहमले बाइक नै उचालेका थिए । अनुपलाई पनि यस्ता स्टन्ट गर्न रुचि भएको देखिन्छ । हालै उनले एक बाइक उचालेर आफ्नो यो इच्छा प्रकट गरेका छन् । उनले शनिबार एमाहा कम्पनीको शोरुममा एमाहाको १३८ केजीको एमटी १५ बाइक उचालेका हुन् ।

उनले बाइक उचालेको भिडियो क्लिप्स इन्स्टाग्राम स्टोरीमा सेअर गरेका छन् । उनले दुई खुट्टाको सहारामा दुई हातले बाइकलाई जुरुक्कै उचालेर आफ्नो काखमा अड्याएका छन् । त्यतिबेला उनको ‘मसल्स’ कसिलो देखिएको छ । उनले क्याप्सनमा ’रोडिज सिजन ५’ भनेर उल्लेख गरेका छन् । अर्थात्, उनले बाइक उचालेको उक्त दृश्य रोडिजको कुनै एउटा एपिसोडमा देख्न सकिनेछ ।

पछिल्लो पटक फिल्म ‘लप्पन छप्पन २’मा देखिएका उनको यस वर्ष ‘जार’ र ‘माया’ गरी दुईवटा फिल्म प्रदर्शनमा आउने सम्भावना बलियो छ । उनले केही समयदेखि नयाँ फिल्म सम्झौता गरेको जानकारीमा छैन । भिलेनको भूमिकामा उनको राम्रो माग छ । यद्यपि, उनले लिड हिरो भएर पनि धेरै फिल्ममा काम गरेका छन् । पछिल्लो समय उनी रेस्टुरेन्ट व्यवसायमा समेत आबद्ध छन् ।