मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.20/5.00)
Text size:-
+
-

‘जारी’ले पूरा गर्‍यो ५१औं दिन, कमाई कति ?

फिल्मीखबर, काठमाडौं, 2023/06/03

movie jari

 

फिल्म सफलताको ठूलो मानक मानिने प्रदर्शनको ५१औं दिने यात्रा यस वर्षका लागि फिल्म ‘जारी’ले पूरा गरेको छ । गत बैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्मले शनिबार उपत्यकाबाहिर ११ वटा र उपत्यकाभित्र १८ वटा गरी २९ वटा हलमा प्रदर्शनको ५१औं दिन मनाएको हो । निर्माण कम्पनी बासुरी फिल्म्सले ५१औं दिने खुसीमा एक पोस्टरमार्फत् दर्शकलाई धन्यवाद ज्ञापन गरेको छ ।

फिल्मले ५१औं दिने यात्रामा १६ करोड ७५ लाख ग्रस कमाई गरेको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिएको छ । कति हलमा अझै बक्स अफिस सिस्टम जडान नभैसकेकाले बोर्डको तथ्यांकभन्दा फिल्मको कमाई १० प्रतिशत बढी हुनसक्ने देखिन्छ । यसरी हेर्दा फिल्मले घरेलू बक्स अफिसमा साढे १७ करोड नजिक कमाई गरेको हुनसक्छ । नेपाली फिल्मको हकमा यो ठूलो अंक हो ।

उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्मले विदेशी भूमिमा पनि जबर्जस्त कमाई गरेको छ । जापान, हङकङ, बेलायत, अमेरिका, अष्ट्रेलिया जस्ता देशमा फिल्मका प्रायः शो हाउसफुल भएका छन् । ५१औं दिनसम्ममा पनि नेपालका हलमा फिल्मको अकुपेन्सी सुखद नै देखिएको छ । शक्तिशाली ‘वर्ड अफ माउथ’का कारण फिल्मले प्रदर्शनको ५१औं दिने यात्रा पूरा गर्न सम्भव भएको हो ।

लिम्बु समुदायमा प्रचलित जारी प्रथाको पृष्ठभूमिमा दयाहाङ राई र मिरुना मगरको प्रेमकथा बुनिएको ‘जारी’मा विजय बराल, प्रेम सुब्बा, पुष्कर गुरुङ, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बुको पनि अभिनय छ । ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङ निर्माता रहेको फिल्मलाई निर्देशक सुब्बा स्वयंले लेखेका हुन् । डेब्यू फिल्मबाटै सुब्बाले निर्देशनमा सफलता र प्रशंसा दुवै पाएका छन् ।