मिति : २०८२ ज्येष्ठ २९, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

भारतीय कम्पनीले किन्यो ‘परस्त्री’को म्यूजिक राइट्स

फिल्मीखबर, काठमाडौं, 2023/06/02

Sharmila Pandey

 

नेपाली फिल्मले छिमेकी मुलुक भारतमा आफ्नो उपस्थिति बढाउन थालेको छ । अघिल्लो वर्ष फिल्म ‘प्रेमगीत ३’ हिन्दीमा डबिङ भएर भारतकै हलमा प्रदर्शन भएपछि धेरै निर्माता हौसिएका छन् । र, एकपछि अर्को फिल्म हिन्दीमा डब भैरहेका छन् । आगामी असार १५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘परस्त्री’लाई पनि भारतका हलमा प्रदर्शन गर्ने गरी हिन्दी भाषामा डब गरिएको छ ।

भारतमा फिल्मको गीत र ट्रेलर जस्ता कन्टेन्ट पनि डिजिटल प्लेटफर्ममा विक्री हुने गरेका छन् । र, त्यसबाट निर्माताले राम्रो रकम हात पार्ने गर्छन् । ‘परस्त्री’को पनि हिन्दी डबको गीतको राइट्स विक्री भएको छ । ‘बीफोरयू’ नामक भारतीय कम्पनीले फिल्मको गीतको युट्युब राइट्स खरिद गरेको हो । शुक्रबार निर्मात्री शर्मिला पाण्डे र ‘बीफोरयू’ कम्पनीबीच कागजी सम्झौता भएको छ ।

निर्मात्री पाण्डेका अनुसार, फिल्मको युट्युब प्रदर्शन अधिकार भने विक्री भएको छैन । त्यसका लागि विभिन्न युट्युब कम्पनीहरुसँग कुराकानी भैरहेको उनले बताइन् । अहिले मुम्बईको एक स्टुडियोमा फिल्मको हिन्दी डबको पोस्ट प्रोडक्सनको काम भैरहेको छ । भारतका प्रख्यात गायक-गायिकाहरुले फिल्मको हिन्दी गीत गाएका छन् । नेपालकै मितिमा भारतका हलमा पनि फिल्म लाग्नेछ ।

सुरज पाण्डेद्वारा निर्देशित फिल्ममा शिल्पा मास्के, कोशिश क्षेत्री, एलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, गीत विष्ट, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको अभिनय छ । दीपेन्द्र के. खनालको लेखन रहेको फिल्मका डीओपी निरज पाण्डे हुन् । थ्रिलर जनरामा निर्माण भएको फिल्मले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथालाई उठान गरेको छ ।