मिति : २०८२ ज्येष्ठ २९, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मीराः स्याडो अफ अ रेन्बो’मा आमा सुरविना !

फिल्मीखबर, काठमाडौं, 2023/06/01

Meera - shadow of a RAINBOW Poster

 

अनिता पण्डित निर्देशित फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका अभिनेत्रीद्वय सुरविना कार्की र अनिता पण्डितसँगै बाल कलाकार आश्वि घिमिरे पोस्टरमा प्रस्तुत छन् । बच्चालाई किताबमा केही कुरा देखाएर सिकाउँदै गरेको अवस्थामा सुरविना चित्रित छिन् । पोस्टरबाट फिल्ममा उनी आमाको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ ।

एक बच्चामा देखिएको विकासात्मक अपाङ्गता (अटिजम)को समस्या र कसैसँगको प्राइभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको फिल्ममा निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको पनि प्रमुख अभिनय छ । आश्वि फिल्म्स र लाटोकोसेरो फिल्म्सको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मको प्रदर्शन मिति भने पोस्टरमा उल्लेख गरिएको छैन ।

फिल्मबारे जानकारी दिँदै निर्देशक पण्डित भन्छिन्, ‘अटिजम भनेको रोग होइन । यो कहिल्यै ठीक हुँदैन भन्ने सोचविरुद्ध हामीले फिल्ममा कथा उठान गरेका छौँ । अटिजम एक अवस्था मात्र हो र यो अवस्थामा रहेका बच्चालाई हामी आफैंले सामान्य अवस्थामा ल्याउन सकिन्छ भन्ने प्रसंग फिल्ममा छ ।’ फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद लेखन छ । निर्माता पनि उनी नै हुन् ।