मिति : २०८२ ज्येष्ठ २८, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परस्त्री’ गीत : गौरवको शिल्पासँग माया बस्यो

फिल्मीखबर, काठमाडौं, 2023/06/01

SHILPA MASKEY, GAURAV BISTA

 

‘लभ लभ लभ’ फेम्ड अभिनेता सुरज पाण्डेको डेब्यू निर्देशित फिल्म ‘परस्त्री’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘माया बस्यो तिमीसँग’ बोलको रोमान्टिक गीतमा फिल्मका मुख्य अभिनेता गौरव विष्ट र अभिनेत्री शिल्पा मास्के फिचर्ड छन् । गीतले यी दुईको प्रेमभाव बोल्छ । केके ब्रदर्स (कोशिश र केतन)को शब्द रचना तथा संगीत रहेको गीतमा केतन क्षेत्री र निखिता थापाको स्वर छ ।

वाइल्ड रिपर्ज ग्रुपको कोरियोग्राफी रहेको गीतमा शिल्पा बोल्ड अवतारमा प्रस्तुत छिन् । उनले लगाएका पहिरनहरु आकर्षक छन् । सार्वजनिक गीतमा गौरवसँग उनको केमेस्ट्री सुहाएको छ । केही हप्ताअघि निर्माण टिमले सार्वजनिक गरेको चारवटामध्ये एउटा पोस्टरमा उनी बाथटपमा ‘न्यूड’ अवतारमा देखिएकी थिइन् । त्यसले शिल्पाको भूमिकाप्रति दर्शकमा कौतुहलता जागृत गरेको छ ।

हिन्दी डबसहित भारतका हलमा समेत प्रदर्शन गर्न लागिएको ‘परस्त्री’मा कोशिश क्षेत्री, एलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, गीत विष्ट, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको पनि अभिनय रहेको छ । शर्मिला पाण्डे निर्माता रहेको फिल्मको अहिले भारतको एक स्टुडियोमा हिन्दी डबको काम भैरहेको छ । जसका लागि शर्मिला र सुरज (आमा-छोरा) यतिबेला भारतमा छन् ।

डिएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्मको कथा ‘आमा’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालले लेखेका हुन् । यसले गर्दा पनि फिल्मप्रति अपेक्षा उच्च छ । फिल्मका डीओपी निरज पाण्डे हुन् । थ्रिलर जनरामा निर्माण भएको फिल्मले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथालाई उठान गरेको छ । आगामी असार १५ गतेबाट फिल्म प्रदर्शनमा आउनेछ ।