मिति : २०८२ ज्येष्ठ २८, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्ममा फर्किन रेश्मालाई किन लाग्यो ७ वर्ष ?

फिल्मीखबर, काठमाडौं, 2023/06/01

टिकटकले चिनाएको अनुहार हुन्, रेश्मा घिमिरे । टिकटकमा १३ लाख फलोअर्स रहेकी उनले ‘एक्सप्रेसन क्विन’को पगरी पाएकी छन् । टिकटक भिडियोले चर्चा दिलाएपछि म्यूजिक भिडियोमा उदाएकी उनको अभिनेत्रीको छवि भने ओझेलमा परेको थियो । नेपालमा टिकटकको क्रेज सुरु हुनुभन्दा अगाडि नै उनले फिल्म ‘यो साइनो मायाको’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् ।

तर, डेब्यू फिल्मले रेश्मालाई अभिनेत्रीको रुपमा चिनाउन सकेन । कारण थियो, फिल्म व्यावसायिक रुपमा सफल नहुनु र उनको अभिनयमा परिपक्वता नदेखिनु । यसपछि उनी अभिनयबाट टाढा रहिन् । टिकटकमा हिट भएपछि उनलाई धेरै फिल्मबाट अफर पुगेका थिए । तर, उनले म्यूजिक भिडियोमा मात्रै आफूलाई सीमित राखिन् । अन्ततः रेश्मा ७ वर्षपछि फिल्ममा फर्किएकी छन् ।

 

Reshma ghimire


उनको कमब्याक फिल्म ‘अन्तिम संस्कार’ आगामी असार ८ गतेबाट प्रदर्शन हुँदैछ । यो फिल्म उनले विवाह बन्धनमा बाँधिएपछि गरेकी हुन् । उनी चाँडै अभिनेता अनमोल केसीसँग फिल्म ‘फर्की फर्की’मा पनि काम गर्दैछिन् । करिब ७ वर्षसम्म फिल्मदेखि दूरी बनाएकी उनी अब लगातार फिल्ममा काम गर्ने योजनामा छिन् । उनले ७ वर्ष फिल्म नगर्नुको कारण भने नसिङको पढाई रहेछ ।

बुधबार ‘अन्तिम संस्कार’को ट्रेलर रिलिज कार्यक्रममा उनले भनिन्, ‘मेरो पहिलो फिल्म त्यति राम्रो भएन । तर, मलाई पछुतो छैन । त्यो फिल्मबाट मैले धेरै कुरा सिक्न पाएँ । १७/१८ वर्षको उमेरमा मैले त्यो फिल्म गरेको हुँ । त्यसपछि मैले पढाईलाई प्राथमिकता दिएँ । नसिङ पढिरहेको थिएँ । संवेदनशिल ‘सब्जेक्ट’ भएकाले लापरवाही गरेर पढ्नु हुँदैन भनेर मैले पढाईलाई मात्र समय दिएँ ।’

जब रेश्माले नसिङको पढाई पूरा गरिन् र फिल्ममा काम गर्नका लागि तम्तयार भइन् तब कोरोना महामारी फैलियो । ‘व्यक्तिगत कारणले फिल्ममा आउन ढिला भएको हो । अब चाहिँ आत्मविश्वास बढेको छ । फिल्म गर्न सक्छु भन्ने लागेको छ,’ उनी सुनिइन् । उनी ‘फर्की फर्की’मा काम गरेपछि अमेरिका जाने तयारीमा रहेको जानकारी प्राप्त छ । रेश्माका श्रीमान् अमेरिकामा बस्ने गर्छन् ।