मिति : २०८२ ज्येष्ठ २८, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

विजय र दीयाको ‘अन्तिम संस्कार’ ट्रेलर रिलिज

फिल्मीखबर, काठमाडौं, 2023/05/31

अभिनेता विजय लामा र अभिनेत्री दीया पुन स्टारर फिल्म ‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको २ मिनेट १७ सेकेन्ड लम्बाईको ट्रेलरमा रहस्यमय हत्याको अनुसन्धानमा जुटेको प्रहरी टोली र केही कुराको खोजीमा बुबा-छोराले गरेको कष्टकर यात्रालाई देखाइएको छ । सार्वजनिक ट्रेलर थ्रिलर र सस्पेन्स युक्त छ ।

 

Vijay Lama, Deeya Pun


प्रदीप शाहीको निर्देशन तथा लेखन रहेको फिल्ममा विजय र दीयासँगै रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारी, कृष्णभक्त महर्जनल, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, धर्मानन्द आचार्य, सुरज खालिङ, विकास अधिकारी, आईशा तामाङलगायतको विशेष भूमिका छ । साई प्रोडक्सनको ब्यानरमा ह्याम्साएर एकाउन्टेनले फिल्ममा सहकार्य गरेको छ ।

कार्यक्रममा अभिनेता लामाले बुबाको अन्तिम संस्कारको दिन ‘अन्तिम संस्कार’ सम्झौता गरेकाले यो फिल्म आफ्नो लागि एकदमै विशेष रहेको बताए । बुबा अस्पतालमा रहँदा आफूले फिल्मको कथा सुनेको बताउँदै उनले बुबाको अन्तिम संस्कारको दिन फिल्म सम्झौता गरेको स्मरण गरे । उनी भन्छन्, ‘मेरो लागि पहिलो फिल्म ‘आदर्श नारी’ जति विशेष थियो, यो पनि उतिक्कै विशेष छ ।’

दीयाले भने फिल्ममा आफ्नो क्यारेक्टर फरक रहेको बताइन् । फिल्ममा डीएसपीको भूमिका निर्वाह गरेकी उनले भनिन्, ‘पहिलो फिल्ममा मलाई निर्देशक मिलन चाम्सले फरक भूमिकामा प्रस्तुत गर्नुभएको थियो । यसमा पनि मेरो भूमिका अलि भिन्न छ । मेरो लागि यो क्यारेक्टर चुनौतीपूर्ण पनि थियो । अघिल्ला फिल्महरुमा म साडी र कुर्थामा देखिएको थिएँ, यसमा भूमिका नै फरक छ ।’

आगामी असार ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको कार्यकारी निर्मातामा भाइराजा थापा, राजकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ छन् । विनोद सुवेदी क्षितिज फिल्मका निर्माता हुन् । बाबु श्रेष्ठको छायांकन र रुपेश गुरुङको सम्पादन रहेको फिल्मको प्रोडक्सन डिजाइनर प्रेम खड्का हुन् । फिल्मलाई देशभर वितरण गर्ने जिम्मा एप्पल इन्टरटेन्मेन्टले लिएको छ ।