मिति : २०८२ ज्येष्ठ २८, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक सुदर्शन थापालाई पितृशोक

फिल्मीखबर, काठमाडौं, 2023/05/31

sudarshan thapa father

 

फिल्म निर्देशक, लेखक, कलाकार तथा निर्माता सुदर्शन थापालाई पितृशोक परेको छ । उनका बुबा विष्णुबहादुर थापाको बुधबार काठमाडौंको इन्द्रायणीस्थित निजी निवासमा बिहान ६ बजे ७८ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि दम रोगीबाट पीडित थिए ।

थापाको पार्थिक शरीरलाई बुधबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनलाई श्रद्धाञ्जली अर्पण गर्न केही फिल्मकर्मीहरु आर्यघाट पुगेका थिए । थापाका तीन छोरा र एक छोरी छन् । सुदर्शन उनका कान्छा छोरा हुन् ।

लभस्टोरी फिल्म निर्देशनमा सुदर्शन अब्बल मानिन्छन् । उनी निर्देशित ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘रामकहानी’ आदि फिल्म व्यावसायिक रुपमा सफल छन् । उनी निर्देशित नयाँ फिल्म ‘प्रसाद २’ गत बैशाख १५ गते प्रदर्शनमा आएको थियो ।