मिति : २०८२ ज्येष्ठ २८, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

निखिल भन्छन्, ‘म हिरो हुँ भन्ने नै विर्सन्छु’

फिल्मीखबर, काठमाडौं, 2023/05/30

निखिलको स्वीकारोक्ति- 'म फ्लप भएकै हो'

 

कुनै समय एउटै सेड्युलमा ४ वटासम्म फिल्मको छायांकन गरेका सुपरस्टार निखिल उप्रेती विगत केही वर्षयता अभिनयमा सक्रिय छैनन् । अफर पुगेका फिल्महरु पनि नकार्दै आइरहेका छन् । बरु उनी आफूले सुरु गरेको ‘समबोधी अभियान’मार्फत जीवन र जगतका बारेमा प्रवचन दिँदै हिँडिरहेका छन् । उनलाई हेरेर हुर्किएका प्रशंसकहरु भने उनको नयाँ फिल्मको व्यग्र पखाईमा छन् ।

हालै एक पोडकास्टमा उनले फिल्म नगर्नुको कारण खुलाएका छन् । उनले भनेका छन्, ‘यो बीचमा मैले किन फिल्म गरिनँ भने म जस्तो व्यक्तिलाई टीम पाउन बहुत गाह्रो छ । किनभने, मलाई पैसा हाल्ने व्यक्ति मात्र चाहिएको हैन । पैसा हाल्ने व्यक्ति पनि राम्रो चाहिएको हो । खेलौं न आर्टको माध्यमबाट । आर्ट गरौं । तर, फिल्म उद्योगमा आर्टसँग मतलब छैन, अर्कै चिजसँग मतलब छ ।’

आफूले विसौं वर्ष काम गरेको टीमहरुमा त्यो नदेखेको बताउँदै उनले फिल्म क्षेत्रमा पारदर्शिता र इमान्दारिता भन्ने नभएको बताए । फिल्मकर्मीहरुका लागि अहिले विश्व नै प्लेटफर्म रहेको तर एउटा सानो खाल्डोमा बसेर यो र त्यो विद्वानता फिल्मबाट देखाए भन्नु बेवकुफी हुने निखिलको तर्क छ । आफू ‘हिरो हुँ’ भन्ने विर्सने भएकाले अहिले आफूसँग काम नभएको पनि उनले बताएका छन् ।

‘म स्टन्ट म्यान हुँदै फिल्ममा आएको हुँ । यहाँसम्म कसरी आइपुगेँ आफैंलाई थाहा छैन । मलाई हिरो बन्ने दूरदूरसम्म सोच थिएन,’ उनी भन्छन्, ‘म लजालु स्वभावको मान्छे थिएँ । ज्याकी च्यान बन्ने चक्करमा एक्सन, एक्सनको चक्करमा स्टन्ट र स्टन्ट गर्दागर्दै हिरो भएँ । फिल्मतिर मेरो कहिल्यै सोच थिएन । अहिले मसँग काम नहुनुको कारण पनि यही हो कि म हिरो हुँ भन्ने नै विर्सन्छु ।’