मिति : २०८२ ज्येष्ठ २९, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बजेटमा फेरि पर्‍यो दोलखामा फिल्म सिटी र बनेपामा इन्डोर स्टुडियो

फिल्मीखबर, काठमाडौं, 2023/05/29

संसद्‌मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महत (लाइभ)

 

पुष्पकमल दाहाल नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसद्‌मा प्रस्तुत गरेको बजेटमा यसपटक फिल्म क्षेत्र खासै प्राथमिकतामा पर्न सकेन । दोलखामा फिल्म सिटी र बनेपामा स्टुडियो निर्माणको विषयलाई नै यसपटकको बजेटमा पनि समावेश गरिएको छ ।

बजेटमा भनिएको छ, ‘नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रुपमा विकास गरिनेछ । सार्वजनिक निजी साझेदारीमा दोलखा र बनेपामा फिल्म सिटी र इन्डोर स्टुडियो निर्माण प्रक्रिया अगाडि बढाइनेछ ।’ दोलखामा फिल्म सिटी निर्माण गर्ने विषय वर्षौंदेखि निरन्तर रुपमा बजेटमा पर्दै आएको छ भने २०७८/७९ देखि बनेपामा इन्डोर स्टुडियो निर्माणको विषय पनि छुटेको छैन ।

नेपाललाई फिल्म पर्यटनको रुपमा विकास गर्ने विषय पनि बजेटमा नयाँ होइन । कार्यान्वयन मात्र हुन नसकेको हो । हरेक आर्थिक वर्षको बजेटमा दोलखा फिल्म सिटीको निर्माण प्राथमिकतामा पर्ने गरेको भए पनि यो व्यावहारिक नभएको टिप्पणी फिल्म क्षेत्रमा हुँदै आएको छ । त्यस्तै, काभ्रेको बनेपामा सुविधा सम्पन्न इन्डोर स्टुडियो निर्माणको विषय बजेटमा मात्र सीमित रहँदै आएको छ ।