Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जेठ २५-२७ सम्म भकुन्डेबेसीमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने

फिल्मीखबर, काठमाडौं, 2023/05/29

गत वर्षको बैशाखमा गोरखाको लाप्राकमा आयोजना भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा हुने भएको छ । सोमबार काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी जेठ २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको जानकारी गराइयो । महोत्सवमा २६ वटा फिल्महरु सहभागी हुने आयोजक संस्था सेलिब्रेटी नेपालका प्रमुख रघुनाथ सापकोटाले बताए ।

 

raghunatha sapkota


नेपाली मौलिक तथा ग्रामीण कथावस्तुमा बनेका फिल्महरु मात्र सहभागी हुने महोत्सवका लागि गत फागुनमा फिल्म दर्ता खुल्ला गरिएको थियो । महोत्सवमा गाउँले परिवेशमा बनेका स्वदेशी फिचर तथा लघु फिल्म, डकुमेन्ट्री तथा भाषाभाषीका फिल्महरु स्क्रिनिङ हुनेछन् । महोत्सवमा स्क्रिनिङ हुने फिल्महरुमध्ये उत्कृष्टलाई अवार्ड समेत प्रदान गरिने सापकोटाले जानकारी दिए ।

 

raghunatha sapkota


पत्रकार सम्मेलनमा रघुनाथले भने, ‘दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु, नियमित नेपाली फिल्म हेर्ने बानी बसाल्नु, स्थानीय भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो । अघिल्लो पटकको भन्दा यो संस्करण थप वृहत् र व्यवस्थित हुनेछ ।’ चलचित्र विकास बोर्डले सहकार्य गरेको तीन दिने महोत्सवको खर्च १५ लाख अनुमान गरिएको छ ।