Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

वसन्तको निर्देशनमा ‘ज्वाइँ साब’ बन्ने

फिल्मीखबर, काठमाडौं, 2023/05/29

‘विजयपथ’, ‘आवेग’, ‘मेला’, ‘राजनीति’ आदि फिल्मका निर्देशक वसन्त निरौलाले नयाँ फिल्म ‘ज्वाइँ साब’को निर्देशकीय जिम्मेवारी सम्हाल्ने भएका छन् । उनले सोमबार खोटाङको धार्मिकस्थल हलेसी महादेव मन्दिरमा पूजाआजा गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्मस्को प्रस्तुति रहेको फिल्मको छायांकन केही महिनापछि सुरु हुने निर्देशक निरौलाले जानकारी दिए ।

 

basanta niraula


यो फिल्मको छायांकन नेपाल, क्यानडा र अष्ट्रेलियमा गरिनेछ । फिल्मको कथा सविन अधिकारीले लेखेका हुन् । फिल्ममा शंकर धितालको पटकथा तथा संवाद छ । निर्देशक निरौलाका अनुसार, फिल्मका लागि कलाकारहरुको छनोट जारी छ । ‘सबै कलाकार फाइनल भएपछि हामी पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौं । यो फिल्मलाई कमेडी र पारिवारिक कथामा निर्माण गरिनेछ ।’

 

jyoi sab


यसअघि आफूले निर्देशन गरेका फिल्मभन्दा ‘ज्वाइँ साब’ उत्कृष्ट हुने वसन्तको दाबी छ । उनी ‘मेला’पछि फिल्म निर्देशनमा फर्किन लागेका हुन् । उनले फिल्मसँगै आधा दर्जन बढी म्यूजिक भिडियोको पनि निर्देशन गरिसकेका छन् । कोरोना महामारीको समयमा उनले ‘लभ सर्कल’ नामक वेब सिरिजको पनि निर्देशन गरेका थिए । वसन्त फिल्मको ‘इक्यूपमेन्ट’ व्यवसायमा पनि आबद्ध छन् ।