Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेजन प्राइमको ‘म्यूजिक’ वेब सिरिजमा अदिती

फिल्मीखबर, काठमाडौं, 2023/05/28

aditi budhathoki

 

नेपाली मुलकी अभिनेत्री अदिती बुढाथोकीले एक दर्जन बढी हिन्दी र पञ्जाबी म्यूजिक भिडियोमा काम गरिसकेकी छन् । म्यूजिक भिडियोमा उनको व्यस्तता बढ्दो छ । अब उनले हिन्दी वेब सिरिजमा फड्को मारेकी छन् । नितिन गावडेद्वारा निर्देशित ‘म्यूजिक’ नामक वेब सिरिजको तीन सिजनसम्म अदितीले मुख्य भूमिका निभाउनेछिन् । ९ दिनदेखि उनी यसैको छायांकनमा व्यस्त छिन् ।

प्रतिष्ठित ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज हुने वेब सिरिजलाई नेपाली मुलका छायाँकार विनोद प्रधानले खिचिरहेका छन् । नेपाली फिल्म ‘कुसुमे रुमाल’देखि ‘कलंक’, ‘चहेरे’, ‘बागी’, ‘टू स्टेट्स’, ‘भाग मिखा भाग’, ‘मौसम’, ‘यमला पखला दिवाना’ जस्ता कयौं बलिउड फिल्मको उनले छायांकन गरिसकेका छन् । उक्त वेब सिरिजमा अदितीको भूमिकाबारे भने केही खुलाइएको छैन ।

फिल्म ‘कृ’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनको गत वर्ष फिल्म ‘बाबरी’ प्रदर्शन भएको थियो, जुन उनकै होम प्रोडक्सनको थियो । उनी फेरि होम प्रोडक्सनकै फिल्ममा काम गर्दैछिन् । उनकी आमा पुष्पलता बुढाथोकीले ‘बाबरी’ रिलिजको पूर्वसन्ध्यामा नयाँ फिल्म घोषणा गरेकी थिइन् । अदितीले नेपाली फिल्ममा डेब्यू गर्नुभन्दा धेरै अघिदेखि भारतमा मोडलिङ गर्दै आएकी थिइन् ।

२०७५ सालमा उनले टेलिभिजन वेब सिरिज ‘इनसाइड एज २’मा काम गर्न लागेको चर्चा चलेको थियो । यो कुरालाई उनी आफैंले पृष्टि गरेकी थिइन् भने भारतीय मिडियाले पनि राम्रो स्थान दिएका थिए । सिरिजमा बलिउड अभिनेता विवेक ओबरोयले अभिनय गर्दै थिए । तर पछि अदितीले यो सिरिज गर्न पाइनन् । अब उनको वेब सिरिजमा अभिनय गर्ने इच्छा ‘म्यूजिक’बाट पूरा भएको छ ।