Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पाल्पाकी विद्याले जितिन् ‘बहाव’को थाइल्यान्ड भ्रमणको अफर

फिल्मीखबर, काठमाडौं, 2023/05/27

गत चैत २४ गते प्रदर्शनमा आएको फिल्म ‘बहाव’ले घोषणा गरेको थाइल्यान्ड भ्रमणको अफर पाल्पा घर भई हाल बुटवलमा बस्दै आएकी विद्या न्यौपानेले जितेकी छन् । शुक्रबार फिल्मकी अभिनेत्री सुरक्षा पन्तले गोला प्रथाबाट विजेता छनोट गरेकी हुन् । विजेता न्यौपानेले भ्रमणका लागि दुईतर्फी हवाई भाडा र तीनतारे होटलमा बसाईसहित चार रात, पाँच दिनको प्याकेज प्राप्त गरेकी छन् ।

 

surakshya panta


यो पुरस्कार जित्नका लागि ‘बहाव’को टिकट खल्ती एपमार्फत काट्नुपर्ने सर्त राखिएको थियो । विजेतालाई थाइल्यान्ड टूरको जिम्मा एमडी होलिडेजले लिएको छ । विजेताले विजेता घोषणा भएको दुई हप्ताभित्रमा एमडी होलिडेज ट्राभल वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्ने जनाइएको छ । विजेता घोषणा भएको मितिदेखि तीन महिनासम्मलाई मात्र यो टूर प्याकेज मान्य रहनेछ ।

विजेताले विशेष परिस्थितिमा यात्रा गर्न असमर्थ भए उसले आफ्ना परिवारका सदस्यहरूलाई नाता प्रमाणित हुने कागजपत्र देखाएर प्याकेजको लागि मनोनित गर्न सक्नेछन् । भिसा प्रोसेसिङको लागत प्याकेज विजेता स्वयंले व्यहोर्नु पर्नेछ । त्यस्तै, फिल्मको टिमले अप्सरा जैसीलाई ‘कफी डेट’को विजेता घोषणा गरेको छ । उनले सुरक्षा पन्तसँग भेट गरेर कफी खाने अवसर प्राप्त गरेकी छन् ।

 

surakshya panta


प्रमोद कँडेलको लेखन तथा निर्देशन र श्रीधर पौडेलको निर्माणमा बनेको फिल्ममा कमलमणि नेपाल, अफरान अली, इश्वरी सिंह, हीरालाल कँडेल, सुर्य शर्मा भट्ट, पवन श्रेष्ठको पनि अभिनय छ । फिल्ममा कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन, सुजन बडालको सम्पादन र वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत रहेको छ । फिल्ममा सुरक्षाको अभिनय रुचाइएको थियो ।