Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्लाइमेक्सबाट ‘देव वाणी’को छायांकन सुरु

फिल्मीखबर, काठमाडौं, 2023/05/27

dev bani

 

बाबु साहेब बलामीले निर्देशन सम्हालेको फिल्म ‘देव वाणी’को क्लाइमेक्सबाट छायांकन सुरु भएको छ । गत बुधबारदेखि बाराको सिमराबाट दृश्य खिच्न सुरु गरिएको हो । श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको क्लाइमेक्सको एक्सन दृश्यमा मुख्य कलाकारहरु सुनिल थापा, कुन्दन भारद्वाज, रविन्द्र झा, मौसम पौडेल र अनुजा लेप्चा प्रस्तुत छन् । फिल्ममा सुनिल थापा भिलेनको भूमिकामा छन् ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा बनिरहेको ‘देव वाणी’को सिमरापछि वीरगन्ज, इटहरी र काठमाडौंमा छायांकन हुनेछ । नेपाली र हिन्दी गरी दुई भाषामा बन्न लागेको फिल्ममा ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी पनि मुख्य भूमिकामा छन् ।

हरिबहादुर घलेले छायांकन गरिरहेको फिल्मको कथा निराजन मेहता मन्जिलले लेखेका हुन् भने बन्देप्रसादको सम्पादनले सम्पादन गर्नेछन् । मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा मिना खड्का र हिराबहादुर लेप्चा निर्मातामा छन् । महेन्द्र यादव कार्यकारी निर्माता रहेको फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन छ ।