Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लण्डनको आइम्याक्स सिनेवर्ल्डमा ‘गोर्खा वारियर’को प्रिमियर गर्दै चाम्स

फिल्मीखबर, काठमाडौं, 2023/05/24

लण्डनको लिसेस्टर स्क्वायरस्थित विश्वकै दोस्रो ठूलो थिएटर चेन आइम्याक्स सिनेवर्ल्डमा पहिलो पटक नेपाली फिल्म प्रिमियर हुने भएको छ । हलिउडका ठूला स्टारका फिल्म प्रिमियर हुँदै आएको उक्त हलमा निर्देशक तथा निर्माता मिलन चाम्सले आफ्नो ड्रिम प्रोजेक्ट ‘गोर्खा वारियर’ प्रिमियर गर्न लागेका हुन् । मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै उनले यसबारेमा जानकारी गराए ।

 

milan chams


आगामी भदौ २४ (१० सेप्टेम्बर) मा फिल्मलाई आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर गर्न लागिएको चाम्सले बताए । यो हलमा फिल्मको प्रिमियर गर्ने उनको २० वर्षदेखिको सपना हो । प्रिमियरमा २ हजार दर्शक उपस्थित हुनेछन् । ‘जेम्स बण्ड’, ‘मिसन इम्पोसिबल’, ‘बुलेट ट्रेन’ जस्ता चर्चित हलिउड फिल्मको प्रिमियरदेखि लण्डन फिल्म फेस्टिभल समेत उक्त हलमा आयोजना भैसकेका छन् ।

फिल्मको प्रिमियरका लागि बेलायती राजपरिवारका सदस्यहरु, ब्रिटेनका सांसदहरु, स्थानीय निकाय प्रमुखहरु, बेलायती सैनिकका जनरल, ब्रिटिस गोर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरु, नेपाली दूतावास, विश्वका प्रख्यात सेलिब्रिटीहरु लगायतलाई निम्तो दिइएको निर्देशक चाम्सले बताए । सेप्टेम्बर महिनामा नै फिल्मलाई हङकङ र सिंगापुरमा समेत प्रिमियर गरिने उनको भनाई छ ।

चाम्स भन्छन्, ‘नेपाली फिल्मले अन्तर्राष्ट्रिय मञ्च पाउनुपर्छ र हामी पनि त्यो गुणस्तरका फिल्म बनाउन र देखाउन सक्ने भएका छौँ भनेर विश्व बजारलाई देखाउन पनि हामीले आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर आयोजना गर्न लागेका हौं । यो प्रिमियरमा हुने खर्चले एउटा स्तरीय नेपाली फिल्म बनाउन सकिन्छ । तथापि, नेपाली फिल्मलाई त्यो हलमा प्रिमियर गर्नु मेरो २० वर्षदेखिको सपना हो ।’

 

gurkha warrior


सन् १९४९ मा भएको ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित यो फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशिष गुरुङलगायतको अभिनय छ । यो फिल्म नेपालीसहित हिन्दी र अंग्रेजी भाषामा समेत प्रदर्शन हुँदैछ ।