Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अल टाइम ब्लकबस्टर’ बन्यो ‘द केरला स्टोरी’

फिल्मीखबर, काठमाडौं, 2023/05/23

The Kerala Story Box Office Day 2 (Early Trends): Jumps & Jumps Big! The  Kashmir Files' Success Formula Clicks Once Again

 

फिल्म कलाकारको स्टारडमले होइन, कन्टेन्टले चल्छ भन्ने उदाहरण बनेको हिन्दी फिल्म ‘द केरला स्टोरी’ ‘अल टाइम ब्लकबस्टर’ बनेको छ । सिर्फ २८ करोडको लागतमा निर्माण भएको फिल्मले भारतीय बक्सअफिसमा २ सय करोडको आँकडा पार गरेको छ । फिल्मले प्रदर्शनको १९ दिनमा २ सय ३ करोड ४७ लाख नेट कमाएको ट्रेड एनालिस्ट तरण आदर्शले जानकारी गराएका छन् ।

प्रदर्शनको ९ दिनमा नै १ सय करोडको आँकडा पार गरेको फिल्मले तेस्रो हप्तामा पनि बलियो कमाई गरिरहेको छ । यो फिल्मको ‘लाइफटाइम कलेक्सन’ साढे २ सय करोड आसपासमा समेटिने आँकलन ट्रेड एनालिस्टहरुको छ । बलिउड फिल्मको इतिहासमा नै सर्वाधिक कमाई गरेको ‘पठान’भन्दा लगभग दोब्बर मुनाफा ‘द केरला स्टोरी’ले कमाएको भारतीय मिडियाले दाबी गरेका छन् ।

यो वर्ष भारतीय बक्सअफिसमै २ सय करोड कमाउने दोस्रो हिन्दी फिल्म पनि ‘द केरला स्टोरी’ बनेको छ । साढे ५ सय करोडको कलेक्सन गर्दै अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘पठान’ पहिलो नम्बरमा छ भने १ सय ४९ करोड कमाउँदै तेस्रो नम्बरमा फिल्म ‘तू झुठी मैं मक्कार’ रहेको छ । त्यस्तै, चौंथो नम्बरमा १ सय १० करोड कमाउँदै फिल्म ‘किसी का भाई किसी की जान’ छ ।

सुदीप्तो सेनको निर्देशन तथा विपुल अमृतलाल शाहको निर्माण रहेको फिल्ममा अदा शर्मा, योगिता बिहानी, सोनिया बलानी, सिद्धि इडनानी, देवदर्शिनी, विजय कृष्णलगायतको अभिनय छ । फिल्मले फरक-फरक पृष्ठभूमिका तीन युवतीहरुको कथा उठाएको छ, जसलाई धर्म परिवर्तन गर्न लगाएर आतंकवादी संगठनमा जान बाध्य पारिन्छ । यो फिल्म सत्य घटनामा आधारित भएर बनेको हो ।