Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘सतीदेवी’ प्याकअप, मालिका गाउँले चरित्रमा

फिल्मीखबर, काठमाडौं, 2023/05/21

satidevi

 

पत्रकारिताबाट निर्देशनमा होमिएका लक्ष्मण सुवेदीले आफ्नो तेस्रो फिल्म ‘सतीदेवी’को छायांकन पूरा गरेका छन् । बैशाख ११ गते भद्रकाली मन्दिरमा मुहूर्त गर्दै काठमाडौंबाट छायांकन सुरु गरेका उनले शनिबार लमजुङको एक गाउँमा फिल्म ‘प्याकअप’ गरेका हुन् । काठमाडौंमा ४ दिन र गण्डकी प्रदेशको लमजुङ र तनहुँमा २३ दिन छायांकन भएको फिल्म गाउँले परिवेशमा बनेको छ ।

फिल्मको केन्द्रीय भूमिकामा अभिनेत्री मालिका महत छिन् । उनकै वरिपरि कथा घुमेको छ । उनले फिल्ममा गाउँले चरित्र निर्वाह गरेकी छन् । निर्देशक सुवेदीले छायांकनको क्रममा मालिकाको लुक्स फेसबुकमार्फत सार्वजनिक गरेका थिए, जसले उनको भूमिकाप्रति दर्शकमा कौतुहलता जगाएको छ । निर्देशक सुवेदीले फिल्म आफूले सोचेको भन्दा बुलन्द बनेको दाबी गरेका छन् ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया र दिलासा क्रियशनको संयुक्त ब्यानरमा निर्माण भएको यो फिल्ममा मालिकाका अलावा भोलाराज सापकोटा, रमेश बुढाथोकी, कुलदीप अधिकारी, सन्दिप बाबु लोहनी, सुजिता सिवाकोटी, विमल श्रेष्ठ, तुलसी प्रसाद श्रेष्ठ, मनिषा सापकोटा, सृजना अधिकारी, बाल कलाकारहरु हर्षिका वली र मन्जिला बानियाँलगायतको अभिनय रहेको छ ।

फिल्ममा निर्देशक सुवेदी स्वयंको निर्माण, गीत र स्क्रिप्ट लेखन छ । बाबु श्रेष्ठको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, दीपक शर्मा र सुभाष भुषालले संगीत रहेको फिल्मलाई दशैं आसपासमा प्रदर्शन गर्ने योजनामा निर्देशक सुवेदी छन् । करिब ७ वर्षपछि निर्देशनमा फर्किएका उनले यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ फिल्मको निर्देशन गरेका थिए ।