Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘वेलकम टु हेम्जाकोट’ ट्रेलरमा पैसाका लागि दौडधुप

फिल्मीखबर, काठमाडौं, 2023/05/19

सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट लम्बाईको सार्वजनिक ट्रेलरमा कमेडी हाबी छ । ग्रामीण जीवन, वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातिय प्रेममा आउने उतार-चढावलाई रोचक ढंगले प्रस्तुत गरिएको ट्रेलरमा अभिनेता विनोद न्यौपानेको अभिनय र कमिक टाइमिङ राम्रो छ ।

 

Binod Neupane


क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोदका साथै बुद्धि तामाङ, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कँडेल, स्व. जयनन्द लामा आदिको अभिनय छ । फिल्म आगामी जेठ २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको फिल्मले २०७९ सालमा काठमाडौंमा सम्पन्न चौंथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो । नेपालकै मितिमा जापान, अस्ट्रेलिया, अमेरिका र युरोपमा विभिन्न शहरहरुमा एकसाथ प्रदर्शन हुन लागेको फिल्मलाई दिर्घ गुरुङले छायांकन गरेका हुन् ।

मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादन, राज सागरको संगीत, शास्वत श्रेष्ठको ब्याकग्राउन्ड म्युजिक, कविराज गहतराज र गम्भीर विष्टको करियोग्राफी, इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठको गीतमा आवाज रहेको छ । फिल्मलाई सुनिल मानन्धरले नेपालमा वितरण गर्दैछन् भने विदेश राइट्स राज सागरले किनेका छन् ।