Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

प्रकाश घिमिरेको तर्क- ‘कलाकारले प्रतिशतमा काम गर्नु पनि जुवा खेल्नु हो’

फिल्मीखबर, काठमाडौं, 2023/05/19

फिल्म निर्माणलाई जुवाको खेल भन्ने गरिन्छ । फिल्मले कमायो भने मनग्य आउँछ । डुब्यो भने रुपैयाँ पनि आउँदैन । तर, वर्षौंदेखि निर्माताले मात्र यो जोखिमपूर्ण खेल खेलिरहेका छन् । पारिश्रमिक लिएर काम गर्ने कलाकारलाई भने फिल्म नचल्दा पनि आर्थिक रुपमा घाटा हुँदैन । कोरोना महामारीपछि भने केही कलाकारले पारिश्रमिक नलिइ मुनाफाको हिस्सेदारीमा काम गरिरहेका छन् ।

कलाकार प्रकाश घिमिरे यसलाई पनि जुवाको खेल मान्छन् । एक भेटमा उनले भने, ‘निर्माताले त जुवा खेलिरहेका छन् नै । अहिले कलाकारहरुले पनि जुवा खेलिरहेका छन् । मुनाफाको प्रतिशतमा काम गर्नु पनि जुवा खेल्नु हो । म पारिश्रमिक लिन्नँ, कमायो भने १०/२० प्रतिशत मेरो भनेर कसैले फिल्म खेल्छ भने त्यो जुवाको खेल नै हो । किनकि, फिल्मले नाफा कमाउँछ भन्ने ग्यारेन्टी हुन्न ।’

 

prakash ghimire


उनी कलाकारले प्रतिशतमा बसेर फिल्ममा काम गर्नुलाई राम्रो मान्छन् । ‘गुमाउँदा सबैले आफूसँग भएको चिज गुमाउने हो । पैसा हुनेले पैसा गुमाउला, कला हुनेको समय र मिहिनेत गुम्ला । राम्रो भयो भने फेरि सबैलाई हुन्छ नि,’ उनी भन्छन् । पोखरामा बसेर कलाकारितालाई अगाडि बढाइरहेका घिमिरे पोखरेली मेकरले फिल्म बनाउँदा आफूले कहिल्यै पैसाको डिमान्ड नगर्ने बताउँछन् ।

फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को छायांकनका लागि करिब दुई महिनादेखि काठमाडौंमा रहेका उनले कोरोना महामारीको समयमा अभिनय गरेको फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ जेठ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा उनले हुक्काको सौखिन पात्रको भूमिकामा अभिनय गरेका छन् । उनी यो फिल्मलाई वर्तमान नेपाली समाज निकाल्ने आँखीझ्याल भन्न रुचाउँछन् ।

‘कलाकारहरु सबै राम्रो काम गर्नुभएको छ । कथामा पनि हामीले छलफल गरेर राम्रो बनाउने कोसिस गरेका छौं । कथा सरसरती बगेको छ जस्तो लागेको छ,’ उनी भन्छन्, ‘ग्रामीण र शहरी दुवै परिवेश देख्न पाइनेछ । अघिल्लो र अहिलेको पस्ताको पनि कथा छ । त्यसले गर्दाखेरि समग्र समाजलाई फिल्मले प्रतिनिधित्व गर्छ भन्ने हाम्रो विश्वास छ । यो वर्तमान समाजलाई निकाल्ने फिल्म हो ।’