Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगात मल्लले कता भ्याउने ?

फिल्मीखबर, काठमाडौं, 2023/05/18

पहिला काजीको बिहे होस् अनि म गर्छु : सौगात मल्ल

 

कुनै बेला नेपाली कलाकारले एकसाथ २/३ वटासम्म फिल्ममा काम गर्ने गर्थे । अहिले त्यो अवस्था छैन । एउटा फिल्मको छायांकन नसक्दासम्म मुख्य कलाकारले नयाँ फिल्ममा हात हाल्न पाउँदैनन् । सम्झौतासम्म भने गर्न सक्छन् । यदि पुरानै अवस्था फर्किन्थ्यो भने सबैभन्दा काइदा अभिनेता सौगात मल्ललाई हुन्थ्यो । अहिले उनलाई एउटा सेड्युलमा एउटा फिल्म मुश्किल हुन थालेको छ ।

करिब दुई महिनादेखि उनले फिल्म ‘पशुपति ‘प्रसाद २ : भष्मे डन’लाई मात्र समय दिएका छन् । कुनै फिल्मलाई उनले यति लामो समय दिएको पहिलो पटक हो । यो फिल्मको छायांकन लम्बिँदा सौगातले सम्झौता गरेका अरु फिल्मको सेड्युल नै विग्रिएको छ । ‘अगस्त्य : च्याप्टर वान’, ‘कामिनो’, ‘सिटामोल’ र ‘हात्तीछाप’ गरी चार फिल्म उनले समय दिनसाथ छायांकनमा जाने तयारीमा छन् ।

तर, ‘पशुपति ‘प्रसाद २’पछि उनले कुन फिल्मलाई समय दिन्छन्, अन्योल छ । चारै फिल्मका निर्माता/निर्देशकहरु आफ्नो फिल्म पहिला गराउनका लागि उनलाई मनाउन दौडधुप गरिरहेका छन् । उनलाई फिल्ममा सम्झौता गराउन पनि केही मेकरहरु ‘क्यू’मा बसेका छन् । सौगातलाई भने कुन फिल्म पहिला भ्याउने भन्ने दोधार छ । उनले हतारमा फिल्म सम्झौता गर्दाको परिणाम हो यो ।

चरित्र निर्माणमा मिहिनेत गर्ने र अभिनयमा अब्बल भएकाले सौगात मेकरको रोजाइमा पर्ने गरेका छन् । उनले पनि अफर आएका फिल्म सकभर उम्काउँदैनन् । यसैले उनलाई समय व्यवस्थापन गर्नै समस्या भैरहेको हो । झन् फिल्मको प्रचारमा हिँड्नलाई त उनीसँग समय नै छैन । कलाकार व्यस्त हुनु राम्रो हो । तर, व्यस्ततालाई व्यवस्थित गर्न नसकिए करिअर अस्तव्यस्त बन्न सक्छ ।