Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२६ वर्षपछि बलिउड फर्किँदै ज्योतिका

एजेन्सी, मुम्बई, 2023/05/17

jyothika bollywood cinema, Jyothika with Ajay Devgan and Maddy;  Supernatural movie is getting ready! Movie audience in great anticipation –  jyothika with ajay devgn and madhavan supernatural thriller movie

 

भारतीय फिल्मका दुई उम्दा कलाकार अजय देवगन र आर माधवन चाँडै सुपरनेचुरल थ्रिलर फिल्ममा काम गर्दैछन् । यो फिल्ममा उनीहरुसँगै बलिउड र साउथकी चर्चित अभिनेत्री ज्योतिका सरवनले पनि अभिनय गर्ने भएकी छन् । उनले २६ वर्षपछि बलिउड फिल्ममा कमब्याक गर्न लागेकी हुन् । ज्योतिकाले सन् १९९७ मा फिल्म ‘डोली सजा के रखना’बाट बलिउड डेब्यू गरेकी थिइन् ।

डेब्यू फिल्म फ्लप भएपछि उनी बलिउडबाट टाढिएकी थिइन् । २००६ मा साउथ अभिनेता सूर्यासँग विवाह गरेकी उनले धेरै तमिल फिल्ममा काम गरेकी छन् । उनले सन् १९९९ मा तमिल फिल्म ‘वाली’बाट डेब्यू गरेकी थिइन् । ‘मुगावारी’, ‘छेकका छिवंता वानं’, ‘कातरीन मोजहि’, ‘काखा काखा’, ‘मेडम गीता रानी’, ‘३६ वायाधिनिले’, ‘मायावी’, ‘झाँसी’, ‘दम २’ उनका यादगार फिल्महरु हुन् ।

उनी तमिल इन्डस्ट्रीमा अहिले पनि सक्रिय छिन् । उनले श्रीमान सूर्यासँग मिलेर टूडी इन्टरटेनमेन्ट नामक फिल्म प्रोडक्शन कम्पनी चलाउँदै आएकी छन् । उनले बलिउडमा कमब्याक गर्न लागेको फिल्म गुजराती फिल्म ‘वश’को हिन्दी रिमेक हो । अजय देवगन, कुमार मंगत पाठक र अभिषेक पाठकले अजय देवगन एफफिल्म्स र पनोरमा स्टूडियोजको ब्यानरमा फिल्मको निर्माण गर्नेछन् ।