Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्डले दाङमा ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ गर्ने

फिल्मीखबर, काठमाडौं, 2023/05/16

Film Development Board

 

चलचित्र विकास बोर्डले पहिलो पटक ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ। आगामी असार १ देखि ३ गतेसम्म लुम्बिनी प्रदेशको दाङ जिल्लामा महोत्सव हुन लागेको हो । जेठ २ गते मंगलबार बसेको बोर्ड बैठकले यो निर्णय गरेको बोर्डका सदस्य तथा प्रवक्ता के.एल. बुढाथोकीले जानकारी गराए । यो महोत्सवको संयोजक पनि प्रवक्ता बुढाथोकीलाई नै तोकिएको छ ।

महोत्सवमा बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामुलक फिल्महरुको प्रदर्शनी हुनेछ । साथै, फिल्मसम्बन्धी हाजिर जवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी, फोटो प्रदर्शनी तथा नृत्य प्रतियोगिता समेत हुनेछ । महोत्सवको क्रममा बोर्ड अध्यक्ष तथा अभिनेता भुवन केसीले बालबालिकाहरुसँग अभिनय यात्राको आफ्नो अनुभव पनि सुनाउने कार्यक्रम छ ।

बालबालिकाहरुमाझ फिल्मको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडि बढाउने, बालबालिकाहरुलाई फिल्मको अभ्यास गराउने, बाल फिल्म क्लब गठन तथा संचालनमा प्रोत्साहन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सवमा नेपालका बालबालिकाहरु तथा उनीहरुले निर्माण गरेका फिल्महरु सहभागी गराउन मद्दत पुऱ्याउने उद्देश्यले बोर्डले बाल चलचित्र महोत्सव गर्न लागेको हो ।