Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साम्राज्ञीको साडी मोह

फिल्मीखबर, काठमाडौं, 2023/05/15

तीन वर्षअघि फिल्म ‘रातो टीका निधारमा’को गीत सार्वजनिक कार्यक्रममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक साडी लगाएर उपस्थित भएकी थिइन् । त्यसबेला उनले भनेकी थिइन्, ‘हिलमा साडी मिलाएर हिँड्न निकै गाह्रो हुन्छ । त्यसमाथि कसैले पल्लुमा टेकिदिन्छ । साडी राम्रो लाग्छ तर लगाएर हिँड्न असहज महसुस हुन्छ ।’ तर, अहिले उनी साडीमा बानी परेको देखिन्छ ।

 

Samragyee Rajya Laxmi Shah


साम्राज्ञीले गत हप्ता आमाको साडी पहिलो पटक लगाएको भन्दै केही तस्बिर सामाजिक सञ्जालमा सेअर गरेकी थिइन् । त्यसको चार दिनपछि उनी एक वैवाहिक कार्यक्रममा पुनः साडीमा पुगेकी थिइन् । सोमबार उनले फेरि साडीमा सजिएको केही तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । उनले ‘पिंक कलर’को साडी पहिरिएकी छन् । उनमा साडी मोह बढ्न थालेको देखिन्छ ।

 

Samragyee Rajya Laxmi Shah


साम्राज्ञीमा पहिरनको राम्रो ज्ञान छ । मौसम र स्थानअनुकूल उनी सुहाउँदो पहिरन रोज्ने गर्छिन् । यसैले त मिडियामा पनि उनको पहिरनकै बढी चर्चा हुने गर्छ । पर्दामा होस् वा वास्तविक जीवनमा, बोल्ड छवि बनाएकी उनको आगामी भदौ २९ गते यस वर्षका लागि पहिलो फिल्म ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आउँदैछ । उनलाई यो फिल्मप्रति व्यावसायिक सफलताको ठूलो आशा र अपेक्षा छ ।

 

Samragyee Rajya Laxmi Shah


उनको गत वर्ष दुई फिल्म ‘तिम्रो मेरो साथ’ र ‘ह्यारी कि प्यारी’ असफल भएका थिए । त्यसअघि ‘मारुनी’ र ‘रातो टीका निधारमा’ पनि चल्न सकेका थिएनन् । लगातारको असफलताले उनको करिअर नै संकटमा परेको छ । डेब्यू फिल्म ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ सफल हुँदा उनको स्टारडम एकाएक चुलिएको थियो । तर, श्रृंखलाबद्ध विवादका कारण उनको स्टारडम कमजोर बनेको छ ।