Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बहुपति प्रथामा बनेको ‘टुल्की’को ट्रेलर रिलिज

फिल्मीखबर, काठमाडौं, 2023/05/12

tulki

 

नेपालका केही हिमाली जिल्लामा अझै बहुपति प्रथा कायम छ । एउटा घरको दाजुभाईमध्ये कोही एकले विवाह गरेको महिलालाई सबैले विवाह गरेर श्रीमती मान्नुपर्ने प्रचलनलाई बहुपति प्रथा भनिन्छ । यही प्रथामा आधारित भएर निर्माण भएको फिल्म ‘टुल्की’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट लामो ट्रेलरमा तीन दाजुभाईको श्रीमती हुनुपर्ने टुल्की पात्रको नियतिलाई देखाइएको छ ।

‘द पाल्म गुप्र’ को ब्यानरमा निर्माण गरिएको फिल्मलाई देव थापाले निर्देशन गरेका हुन् । शेखर लामा प्रस्तुतकर्ता रहेको फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने आदिको अभिनय छ । डोल्पामा छायांकन भएको फिल्ममा सुशील अधिकारी र नवराज घिमिरेको छायांकन छ ।

आरपी कर्माचार्य र उजेली लामा निर्माता रहेको फिल्मको कार्यकारी निर्माता बाबुलाल लामा हुन् । फिल्मको कथा ‘बुलाकी’ फेम्ड निर्देशक लक्ष्मण सुनारले लेखेका हुन् भने पटकथा शेखर लामाको हो । फिल्ममा तारा किम्भे थापाको सम्पादन, सञ्जिब सुब्बाको पार्श्व संगीत, लिगेश भट्टराई र रमेश बुढाथोकीको कोरियोग्राफी छ । फिल्मलाई डिसिएन र रिच इन्टरटेन्टमेन्टले वितरण गर्नेछन् ।