Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ध्यान अवधि पूरा नगरी स्वदेश फर्किए आमिर

फिल्मीखबर, काठमाडौं, 2023/05/12

Aamir Khan says he has quit alcohol now: 'I would down an entire bottle at  times' : Bollywood News - Bollywood Hungama

 

गत आइतबार विपश्यना ध्यानका लागि नेपाल आएका अभिनेता आमिर खान स्वदेश फर्किएका छन् । उनी शुक्रबार बिहान करिब ११ बजे इण्डिगो एयरलाइन्सबाट भारत प्रस्थान गरेको जानकारी प्राप्त छ । उनी १० दिनको ध्यान बीचमै छाडेर स्वदेश फर्किनुको कारण भने खुलेको छैन । उनी बुढानीलकण्ठस्थित नेपाल विपश्यना ध्यान केन्द्रको ध्यान शिविरमा भाग लिन नेपाल आएका थिए ।

१० दिनको ध्यान अवधि मे १८ मा समाप्त हुने तालिका थियो । तर, उनी ध्यान अवधि पूरा नगरी स्वदेश फर्किएका हुन् । उनी केही सहयोगीको साथमा नेपाल आएका थिए । उनी विपश्यना केन्द्रको सबै नियमहरु मानेर चार दिनसम्म ध्यान शिविरमा बसेका थिए । उनी बिहान ४ बजे ध्यान गर्ने हलमा पुग्ने गर्थे । उनी ध्यान बीचमै छाडेर स्वदेश फर्किनु पारिवारिक कारण हुनसक्ने मानिएको छ ।

आमिर बलिउडका सफल अभिनेता हुन् । ‘गजनी’, ‘पिके’, ‘थ्रि इडिएट्स’, ‘धुम ३’, ‘दंगल’ जस्ता सफल फिल्म दिएका उनको केही वर्षयता व्यक्तिगत र व्यावसायिक जीवनमा ठूलो उतार-चढाव आएको छ । दुई वर्षअघि उनले श्रीमती किरण रावसँग १५ वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याएका थिए भने पछिल्ला फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ र ‘लाल सिंह चढ्ढा’ बक्सअफिसमा फ्लप भएका थिए ।