एक वर्षअघि एक नाबालिग गायिकाले अभिनेता पल शाहविरुद्ध प्रहरीमा जाहेरी हालेपछि फिल्मकर्मीहरु नै दई कित्तामा बाँडिए । कोही पलको समर्थनमा उभिए त कसैले ती गायिकालाई ठूलो आँड-भरोसा दिए । त्यसबेला पल निर्दोष रहेको भन्दै खुलेर वकालत गर्नेमा अभिनेत्री पूजा शर्मा सबैभन्दा अगाडि थिइन् । उनले पलको बचाउमा ती गायिकाको चरित्रमाथि प्रश्न समेत उठाएकी थिइन् ।
.jpg)
फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिजको मुखमा पलविरुद्ध जाहेरी परेको थियो । फिल्म रिलिजपछि पल प्रहरीसामु उपस्थित भए । यो बीचमा पूजा पलको तस्विर अंकित टिसर्ट लगाएर हल-हल पुग्दै पललाई सम्झिएर रोइन् पनि । त्यसैबेला उनले ती गायिकाको चरित्रमाथि प्रश्न उठाउँदै ‘आफ्नो उमेरमा कतिसम्म गर्नुपर्ने भनेर सोच्नु पर्छ’ भन्दै अमर्यादित र असभ्य अभिव्यक्ति दिएकी थिइन् ।
पल र ती गायिकाको घटना मिलाउन पूजा मतियार पनि बनेकी थिइन् । यो कुरा उनी आफैंले भनेकी छन् । पल प्रहरी कार्यालयमा उपस्थित भएपछि उनले भनेकी थिइन्, ‘यो केश मैले अध्ययन गरेको छु । यो केशलाई मैले पनि मिलाउन खोजेको थिएँ । तर, पछि मलाई यो सबै प्लानिङ हो भन्ने लाग्यो ।’ पलको घटनापछि आफूले बलात्कारको परिभाषा नै नबुझेको समेत उनको भनाई थियो ।
पललाई मुद्धा हालेकोमा पूजा त्योबेला ती गायिकासँग आगो थिइन् । अहिले उनै गायिकाले गाएको गीतमा पूजाले टिकटक भिडियो बनाउन थालेकी छन् । तीन दिनअघि युट्युबमा सार्वजनिक भएको ती गायिकाको स्वरबद्ध ‘लैजा सन्देश’ बोलको गीतमा टिकटक बनाएर इन्स्टाग्राम स्टोरीमा सेअर गर्दै उनले ती गायिकालाई मेन्सन समेत गरेकी छन् । यसलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
.jpg)
उनले ती गायिकाको गीतमा टिकटक बनाउनु र उनलाई मेन्सन समेत गर्नु पूजाको पलसँग बढेको दूरी प्रमुख कारण मानिएको छ । अहिले उनीहरुबीच राम्रो सम्बन्ध नभएको चर्चा छ । जेलमुक्त भएपछि पललाई पूजाले भेटेकी समेत छैनन् । जबकि, पलको बर्थ-डे मनाउन उनी केक बोकेर जेलमै पुगेकी थिइन् । पलबिना आफूलाई अधुरो ठान्ने पूजा अहिले उनैसँग दूरी बनाइरहेकी छन् ।
पूजाले ती गायिकाको गीतमा टिकटक बनाएर पललाई चिढ्याउन खोजेको हुनसक्ने एकथरीको बुझाई छ । पल छुटेपछि आफूलाई भेट्न नआएकोमा उनी रुष्ट रहेको बताइन्छ । कोहीले भने पूजाले ती गायिकासँग सम्बन्ध सुधार्न उनको गीतमा टिकटक बनाएको हुनसक्ने अड्कल काटेका छन् । हुन त पूजाको कसैसँग सम्बन्ध सुध्रिनु र विग्रिनु नयाँ कुरा हो । यसमा उनको राम्रो अनुभव छ ।

