Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भिएफएक्सले बनेको प्रभासको ‘आदिपुरुष’, यस्तो छ ट्रेलर

एजेन्सी, मुम्बई, 2023/05/09

Prabhas

 

‘बाहुबली’ फेम्ड अभिनेता प्रभास अभिनीत नयाँ फिल्म ‘आदिपुरुष’को उच्च भिएफएक्ससहितको ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट १९ सेकेन्डको ट्रेलरमा हनुमानको बहादुरी र शक्ति, राम-सीताको प्रेम, राम बनवास गएपछि रावणले सीतालाई अपहरण गरेर लंका लगेको, राम लंका गएर सीतालाई ल्याउन गरेको कथालाई देखाइएको छ । ट्रेलरमा भिएफएक्स सानदार देखिएको छ ।

ओम राउत निर्देशित फिल्मको टिजर-पोस्टर सार्वजनिक भएपछि भिएफएक्सलाई लिएर व्यापक आलोचना भएको थियो । ट्रेलरमा भने भिएफएक्स स्तरीय देखिन्छ । यो पेन इन्डिया फिल्म हो । हिन्दीसँगै अन्य भाषामा समेत फिल्मलाई रिलिज गरिँदैछ । फिल्ममा प्रभासले राम, सनी सिंहले लक्ष्मण, कृति सेननले सीता, सैफ अली खानले रावण र वत्सल सेठले हनुमानको चरित्र निभाएका छन् ।

आगामी जुन १६ देखि प्रदर्शन हुन लागेको यो फिल्म रामायण ग्रन्थमा आधारित भएर बनेको हो । ‘बाहुबली’ सिरिजपछि ठूलो क्रेज बनाएका प्रभासको पछिल्ला दुई फिल्म ‘साहो’ र ‘राधे श्याम’ असफल भएका थिए । यसले गर्दा पनि उनलाई ‘आदिपुरुष’ सफल हुनुपर्ने दबाब छ । ट्रेलर हेर्दा फिल्ममा उनले गरेको मिहिनेत देखिन्छ । यो फिल्म ४ सय करोडभन्दा बढीको लगानीमा बनेको हो ।