Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जेठ ५ देखि नेपालका हलमा ‘डाकिनी’

फिल्मीखबर, काठमाडौं, 2023/05/09

DAKINI

 

बौद्ध धर्मका ठूला गुरु मानिने खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)द्वारा निर्देशित पाँचौं फिल्म ‘डाकिनी’ आगामी जेठ ५ गतेबाट नेपालका हलमा प्रदर्शन हुने भएको छ । ‘टलकजंग भर्सेस टुल्के’, ‘जात्रा’ र ‘महापुरुष’ जस्ता सफल फिल्मको निर्माता कम्पनी षट्कोण आर्टस्ले यो फिल्मलाई नेपालमा प्रदर्शन गर्न लागेको हो । फिल्मलाई सीमित नेपाली मल्टिप्लेक्सहरुमा रिलिज गरिनेछ ।

रिलिजकै दिनमा फिल्मको ग्राण्ड प्रिमियर आयोजना गरिँदैछ, जसमा सहभागी हुन निर्देशक खिन्से नोर्बु नेपाल आउँदैछन् । उनको काठमाडौं आगमनकै छेको पारेर फिल्मलाई रिलिज गर्न लागेको निर्माता म्याक्स दिपेश खत्रीले बताए । जेठ ६ गते मूभी लभर्स ग्रुपले पनि यसको विशेष प्रदर्शन गर्दैछ । रिम्पोछेले पर्यटन बोर्डमा ‘ब्यूटी इज अ ट्रयाप’ विषयमा मास्टरक्लास पनि चलाउँदैछन् ।

फिल्मको सबै सुटिङ पनौती र पाटनमा भएको थियो । यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ । फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । भारतमा जन्मिएका यी दुबै तिब्बती मूलका हुन् । कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियालगायतका नेपाली कलाकारहरुको पनि अभिनय छ ।

काठमाडौंमा क्याफे चलाएर बसिरहेका तिब्बती मूलका युवालाई एक दिन सपनामा केही संकेत मिल्छ । एक दिन उसको साथीले सपनाको अर्थ खुलाइदिँदै भन्छ– तिमी अब ७ दिन बाँच्छौं । तर, जब उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ  ? उसको जीवन बच्छ ? यसकै वरपर फिल्मको कथा केन्द्रित छ ।