Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ए साथी सुन’ ट्रेलरमा बन्धक वर्षा

फिल्मीखबर, काठमाडौं, 2023/05/08

Barsha Siwakoti

 

अभिनेत्री वर्षा सिवाकोटीको यस वर्षका लागि पहिलो फिल्म ‘ए साथी सुन’ आगामी जेठ ५ गतेबाट प्रदर्शनमा आउँदैछ । उनले यो फिल्मबाट व्यावसायिक सफलताको आशा राखेकी छन् । यसै साता सार्वजनिक ट्रेलरमा उनी लभर गर्लको रुपमा प्रस्तुत छिन् । एक दृश्यमा भने उनलाई एन्टागोनिस्ट पात्रले बन्धक बनाएको देख्न सकिन्छ । ट्रेलरले फिल्म बदलाको कथामा बनेको संकेत गर्छ ।

लभस्टोरी, थ्रीलर र कमेडी जनरामा बनेको फिल्ममा वर्षाका साथै रमेश बानियाँ, आयन खड्का, सुशिल पोखरेल, स्वर्गीय जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरीलगायतको अभिनय छ । फिल्ममा कृष्मा खड्का र इभान सन्जेलले बाल कलाकारको रुपमा अभिनय गरेका छन् । ‘ए साथी सुन’ स्व. लामा अभिनीत अन्तिम फिल्म हो । २०७८ सालको फागुनमा उनको निधन भएको थियो ।

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्मलाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको सह-निर्मातामा सुदीप पौडेल छन् । सञ्चारकर्मी समेत रहेका पौडेल पोखरामा सञ्चालित चियादानीका सञ्चालक पनि हुन् । फिल्मलाई आरआर (रोहित-रत्न) फिल्म्सले देशभर वितरण गर्ने अधिकार लिएको छ ।