Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

८ वर्षपछि ध्यान गर्न नेपाल आए आमिर खान

फिल्मीखबर, काठमाडौं, 2023/05/07

Rehat Jadi Aktor, Aamir Khan Fokus di Bollywood sebagai Produser : Okezone  Celebrity

 

बलिउड सुपरस्टार आमिर खान पुनः नेपाल आएका छन् । उनी आइतबार बिहान भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं ओर्लिएका हुन् । यसअघि २०७१ सालमा एक एनजीओको कार्यक्रमका लागि काठमाडौं आएका उनी यसपटक बुढानीलकण्ठस्थित विपस्यना ध्यान केन्द्रको एक विशेष कार्यक्रममा सहभागी हुन नेपाल आएको जानकारी प्राप्त छ । उनी १० दिन नेपालमै बस्नेछन् ।

उनले १० दिनसम्म विपस्यना केन्द्रमा ध्यान गर्नेछन् । र, यो केन्द्रले आयोजना गर्न लागेको एक कार्यक्रममा उनी विशेष अतिथिको रुपमा सहभागी हुनेछन् । बलिउडमा ‘मिस्टर पर्फेक्सनिस्ट’को रुपमा चिनिएका उनले अघिल्लोपाली नेपाल आउँदा नेपाल राम्रो देश रहेको र छिट्टै सपरिवारसहित घुम्न आउने वाचा गरेका थिए । त्यसबेला आमिर तीन दिन नेपाल बसेर स्वदेश फर्किएका थिए ।

गएको केही वर्षमा उनको व्यक्तिगत तथा व्यावसायिक जीवनमा ठूलो उतार-चढाव आएको छ । दुई वर्षअघि उनले श्रीमती किरण रावसँग १५ वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याएका थिए भने पछिल्ला दुई फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ र ‘लाल सिंह चढ्ढा’ फ्लप भएका थिए । ‘लाल सिंह चढ्ढा’ रिलिजताका आमिरले अभिनयबाट सन्यास लिन लागेको चर्चा चलेको थियो । तर, त्यो सत्य थिएन ।