Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अन्तिम संस्कार’को टिजर रिलिज, दीया डीएसपी

फिल्मीखबर, काठमाडौं, 2023/05/06

Vijay Lama, Deeya Pun

 

आगामी असार ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अन्तिम संस्कार’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ९ सेकेन्ड लम्बाईको टिजरमा सस्पेन्स, थ्रीलर र इमोसनलाई देखाउन खोजिएको छ । एक बेपत्ता पात्रको खोजीमा सीआईबीले गरिरहेको अनुसन्धानमा फिल्मको कथा केन्द्रित रहेको टिजरबाट बुझ्न सकिन्छ । फिल्ममा अभिनेत्री दीया पुन डीएसपीको भूमिकामा छिन् ।

प्रदीप शाहीको निर्देशन तथा लेखनमा बनेको फिल्ममा दीयासँगै विजय लामा, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारी, कृष्णभक्त महर्जनल, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, धर्मानन्द आचार्य, सुरज खालिङ, विकास अधिकारी, आईशा तामाङको पनि अभिनय छ । साई प्रोडक्सनको ब्यानरमा ह्याम्साएर एकाउन्टेनले फिल्ममा सहकार्य गरेको छ ।

फिल्मको कार्यकारी निर्मातामा भाइराजा थापा, राजकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको फिल्म ‘मर्डर मिस्ट्री’ (रहस्यमय हत्या)को कथामा बनेको हो । बाबु श्रेष्ठको छायांकन र रुपेश गुरुङको सम्पादन रहेको फिल्मको प्रोडक्सन डिजाइनर प्रेम खड्का हुन् । फिल्मलाई देशभर वितरण गर्ने जिम्मा एप्पल इन्टरटेन्मेन्टले लिएको छ ।