Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘टुल्की’ पोस्टरमा गम्भीर र निराश स्वस्तिमा

फिल्मीखबर, काठमाडौं, 2023/05/04

movie tulki

 

आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउन लागेको देव थापा निर्देशित फिल्म ‘टुल्की’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई पोस्टरमध्ये एउटामा नव-अभिनेत्री स्वस्तिमा कार्की गम्भीर र निराश भावमा चित्रित छिन् भने अर्को पोस्टरमा उनीसँगै कलाकार शिशिर वाङ्देल प्रस्तुत छन् । स्वस्तिमा र शिशिरको लुक्सले दर्शकमा फिल्मप्रति उत्सुकता जगाउने देखिन्छ ।

द पाल्म ग्रुपको ब्यानरमा निर्माण भएको फिल्ममा सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायतको पनि अभिनय रहेको छ । शेखर लामा प्रस्तुतकर्ता रहेको फिल्मको निर्माताहरुमा आरपी कर्माचार्य र उजेली लामा छन् । यसै साता फिल्मको गीत तथा ट्रेलर सार्वजनिक गर्न लागिएको प्रस्तुतकर्ता लामाले जानकारी दिए ।

हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित फिल्मको छायांकन हिमाली जिल्ला डोल्पामा भएको हो । सुशील अधिकारी र नमराज घिमिरेको छायाङ्कन रहेको फिल्मको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने पटकथा शेखर लामाको हो । तारा थापाको सम्पादन र लिगेश भट्टराई र रमेश बुढाथोकीको कोरियोग्राफी रहेको फिल्मलाई डिसिएन र रिच इन्टरटेन्टमेन्टले वितरण गर्दैछन् ।