Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 1.75/5.00)
Text size:-
+
-

खटपटको चर्चाबीच रियाशाको बिहेमा प्रेमिल वर्षा र संजोग

फिल्मीखबर, काठमाडौं, 2023/05/03

२०७५ सालमा ७ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालालाई ‘आदर्श जोडी’ भन्ने गरिन्छ । उनीहरुले एकअर्कालाई गर्ने प्रेम र सम्मान धेरैका लागि प्रेरणा बनेको छ । तर, केही समययता यो जोडीको सम्बन्ध राम्रो नभएको भन्ने चर्चाले फिल्म क्षेत्र तरंगित बनिरहेको छ । जसले उनीहरुका प्रशंसकहरुलाई समेत बेचैन बनाएको छ ।

 

Sanjog Koirala and barsha raut


गत वर्ष वर्षाले इन्स्टाग्रामबाट संजोगसँगका सबै तस्बिरहरु हटाएपछि उनीहरुको सम्बन्ध विग्रिएको भन्ने चर्चा चल्यो । पछि वर्षाले मिडियामा संजोगसँग ठूलो झगडा परेको र डिभोर्सको सोच समेत आएको भए पनि केही दिनमै कुरा मिलेको बताएकी थिइन् । त्यसको केही समयपछि उनी श्रीमानको साथमा अभिनेता सलोन बस्नेत र करिश्मा केसीको बिहे र रिसेप्सन पार्टीमा पुगेकी थिइन् ।

केही दिनअघि वर्षाले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेका तीनवटा गम्भीर भावको पोस्टले फेरि उनीहरुको सम्बन्ध संकटमा परेको चर्चा सुरु भयो । उनले इन्स्टा स्टोरीमा ‘म ती व्यक्तिको वरपर रहँदा थकित भइसकें, जसले इमान्दारिताको कुरा बुझ्दैनन्’ भनेर लेखेकी थिइन् । उनले सम्झौता धेरै भयो भन्दै सम्झौता शब्द छोरी मान्छेलाई मात्र लागू हुन्छ हो ? भनेर प्रश्न समेत गरेकी थिइन् ।

वर्षाको स्टाटसले उनको संजोगसँग खटपट भएको हुनसक्ने आशंका जन्मायो । यसबीच, बुधबार मोडल रियाशा दाहालको बिहेमा दुवै एकसाथ देखिए । बजारको चर्चालाई मत्थर बनाउन संजोगले वर्षासँग प्रेमिल भावमा खिचेका दुईवटा तस्बिर फेसबुकमा सेअर गरेका छन् । र, लेखेका छन्, ‘तिमी र म । अर्काको बिहेमा । खाना खोज्दै, रमाउँदै ।’ तस्बिरमा यी दुईको उन्मत्त हाँसो देखिन्छ ।

 

Sanjog Koirala and barsha raut


‘वर्कफ्रन्ट’को कुरा गर्दा वर्षा अभिनीत फिल्म ‘ऐँचो पैँचो’ आगामी भदौ २९ गतेबाट प्रदर्शनमा आउँदैछ । सम्भवतः उनले ‘जात्रा’को तेस्रो सिक्वेल ‘महाजात्रा’मा पनि काम गर्न सक्नेछिन् । संजोग भने केही वर्षयता अभिनयमा सक्रिय छैनन् । उनले आफ्नै विभिन्न व्यवसाय सुरु गरेका छन् । उनले सञ्चालन गरेको ‘चिया अड्डा’ निकै चर्चित छ । संजोगले शेयर बजारमा समेत हात हालेका छन् ।