Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली फेसन डिजाइनरको पहिरनमा आलियाको मेट गालामा डेब्यू

फिल्मीखबर, काठमाडौं, 2023/05/02

Alia Bhatt Steps Right Out Of A Fairytale In A Pearl Embellished White  Prabal Gurung Gown For Her 2023 Met Gala Debut

 

संसारकै सबैभन्दा ठूलो फेसन महाकुम्भ ‘मेट गाला’मा बलिउड अभिनेत्री आलिया भट्ट विश्व प्रख्यात नेपाली फेसन डिजानर प्रबल गुरुङले डिजाइन गरेको पहिरनमा सहभागी भएकी छन् । सोमबार भएको समारोहमा उनले सेतो रंगको गाउन पहिरिएकी थिइन्, जसमा उनको सुन्दरता थप खुलेको थियो । मेट गालामा उनको डेब्यू हो । आलियाको पहिरन १ लाख बढी मोतीबाट बनेको हो ।

आलियाका लागि प्रबलले भारतमै पहिरन तयार पारेका हुन् । अमेरिकामा बस्ने गरेका उनी अघिल्लो महिना केही दिन नेपाल बसेर भारत पुगेका थिए । त्यही मौकामा उनले मेट गालाका लागि आलियालाई पहिरन डिजाइन गरेका हुन् । आलियाले इन्स्टाग्राममा आफूले लगाएको पहिरनलाई प्रबलले प्रेमपूर्वक बनाएको श्रम भनेकी छन् । दुवै एकसाथ उक्त समारोहमा उपस्थित भएका थिए ।

प्रबलको पहिरनमा अमेरिकी मोडल अनोक याइ, अमेरिकी अभिनेत्री केल्सी असबिल चो, अमेरिकी लेखक, निर्माता तथा अभिनेत्री क्विन्टा ब्रन्सन, न्यूजील्याण्ड फिल्म निर्माता तथा अभिनेता टाइका वाइटीटी र बेलायती गायिका तथा गीतकार रिटा ओरा पनि मेट गालामा सहभागी भएका थिए । यसअघि पनि मेट गालाका लागि प्रबलले विश्व प्रख्यात सेलिब्रेटीलाई पहिरन डिजाइन गरेका छन् ।

 

Alia Bhatt Drips in Pearls on Met Gala Red Carpet With Prabal Gurung –  Footwear News


सन् २०१७ मा बलिउड अभिनेत्री दीपिका पादुकोणले पनि प्रबलकै डिजाइन लगाएर मेट गालामा डेब्यु गरेकी थिइन् । बलिउडका अन्य अभिनेत्रीहरु करिना कपुर, कियारा आडवाणी, प्रियंका चोपडा, ऐश्वर्या राय, कट्रिना कैफ, सारा अली खान, श्रद्धा कपुर, राधिका मर्चेन्टलगायतले पनि उनको डिजाइन लगाएका छन् । डिजाइनर गुरुङ सिंगापुरमा जन्मिएर काठमाडौंमा हुर्किएका हुन् ।