Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानको १६ वटा फिल्मले कमाए सय करोड

फिल्मीखबर, मुम्बई, 2023/05/01

Kisi Ka Bhai Kisi Ki Jaan Movie Review: Salman Khan Starrer Releases With  Evil Dead Rise, Beats It Easily To Be The Better Horror Film!

 

बलिउड सुपरस्टार आमिर खानले केही वर्षअघि एक अन्तर्वार्तामा भनेका थिए, ‘सलमान खानले सर्टको पछाडि चस्मा झुन्ड्याएको भरमा उनको फिल्मले सय करोड कमाउँछ । स्टारडम भनेको त्यो हो ।’ हुन पनि सलमानको स्टारडमले कमजोर फिल्मलाई पनि डिजास्टर हुन दिँदैन । उनको नामैले फिल्म चल्छ । यसैले भन्ने गरिन्छ, ‘फिल्म कि सलमान भरोसाले चल्छ कि भगवान् भरोसाले ।’

‘सुल्तान’पछि सलमानको फिल्म बलियो निस्किन सकेका छैनन् । तर पनि उनका फिल्मले बलिउडमा सफलताको मानक मानिने सय करोडको आँकडा छुने गरेका छन् । यसमा उनको नयाँ फिल्म ‘किसीका भाई किसीकी जान’ पनि थपिएको छ । सलमानको करिअरकै कमजोर फिल्मको रुपमा टिप्पणी गरिएको यो फिल्मले प्रदर्शनको १० दिनमा सय करोड कमाउन सफल भएको हो ।

१५ करोडको औसत ओपनिङ गरेको फिल्मले प्रदर्शनको दोस्रो र तेस्रो दिन कमाईमा उछाल ल्याएको थियो । दुई दिनमा फिल्मले ५२ करोड छाप्यो । त्यसपछि भने फिल्मको कमाईमा भारी गिरावट आउन थाल्यो । ‘वर्ड अफ माउथ’ बलियो नहुँदा विकेन्डपछि कमाईमा निकै कमजोर बनेको फिल्मले कछुवाको गतिमा आइतबारको कमाईबाट सय करोड क्लबमा आफ्नो नाम लेखाएको छ ।

 

salman khan


योसहित सलमानको १६ वटा फिल्मले सय करोड कमाएका छन् । यसअघि उनका ‘टाइगर जिन्दा हे’, ‘सुल्तान’, ‘किक’, ‘बजरंगी भाइजान’, ‘भारत’, ‘प्रेम रतन धन पायो’, ‘एक था टाइगर’, ‘रेस ३’, ‘दबंग २’, ‘बडिगार्ड’, ‘दबंग ३’, ‘दबंग’, ‘रेडी’, ‘ट्यूबलाइट’ र ‘जय हो’ले सय करोड कमाएका थिए । र, बलिउडमा सबैभन्दा बढी सय करोडवाला फिल्म दिने एक्ला अभिनेता सलमान बनेका छन् ।