Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छायांकन नसकिँदै ‘नाङ्गो गाउँ’को अष्ट्रेलिया राइट्स बिक्यो

फिल्मीखबर, काठमाडौं, 2023/04/30

karma and samragyee r l shah

 

‘कबड्डी ४’ र ‘जारी’को सुपरहिट जोडी दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म ‘नाङ्गो गाउँ’को छायांकन नसकिँदै अष्ट्रेलिया राइट्स विक्री भएको छ । अष्ट्रेलियाको एमएसएम इन्टरटेन्मेन्ट्सले फिल्मको प्रदर्शन अधिकार खरिद गरेको हो । फिल्मको राइट्स महंगोमा विक्री भएको निर्माण टिमले दाबी गरे पनि मूल्य भने खुलाइएको छैन । फिल्मको २० प्रतिशत छायांकन हुन बाँकी नै छ ।

हिमाल शर्माको प्रस्तुतिमा जय श्रेष्ठ निर्माता रहेको फिल्ममा दया र मिरुनासँगै साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, वुद्दि तामाङ, रविन्द्र झा, शिशिर वाङ्देललगायतको पनि अभिनय छ । फिल्म आगामी भदौ २९ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मलाई अष्ट्रेलियामा नेपालकै मितिमा प्रदर्शन गरिने बताइएको छ । फिल्मको दोस्रो चरणको छायांकन केही दिनमा सुरु गर्ने तयारीमा निर्माण टिम छ ।

मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका छायाँकार आलोक शुक्ला हुन् । केही दिन अगाडि प्रदर्शन मिति घोषणा गर्न सार्वजनिक गरिएको पोस्टरले फिल्म राजनीतिक विषयमाथि केन्द्रित रहेको बुझाउँछ । सामाजिक कथावस्तुलाई फिल्ममा बलियो तरिकाले प्रस्तुत गरिएको निर्देशक लामाको दाबी छ । उनले यसअघि ‘२ नम्बरी’, ‘घामपानी र गोपी’को निर्देशन गरिसकेका छन् ।