Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चोरी समातिएपछि फेरियो ‘नम्बरी सुन’को पोस्टर

फिल्मीखबर, काठमाडौं, 2023/04/27

numbari sun

 

बैशाख १ गते सार्वजनिक गरिएको फिल्म ‘नम्बरी सुन’को पहिलो पोस्टरलाई चोरीको बात लाग्यो । बलिउडको माइलस्टोन फिल्म ‘दिलवाले दुल्हनिया ले जायेंगे’को एउटा पोस्टरबाट हुबहु नक्कल गरेर बनाइएको पोस्टरमा अभिनेता गौरव पहारीलाई शाहरुख खान र अभिनेत्री नम्रता सापकोटालाई काजोलको रुपमा प्रस्तुत गरिएको थियो । यसले टिमको सिर्जनशीलतामाथि नै प्रश्न उठायो ।

पहिलो पोस्टरमा चोरी समातिएपछि निर्माण पक्षले पोस्टर फेरेको छ । बिहीबार सार्वजनिक गरिएको नयाँ पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ र किरण नेपाली क्यारेक्टर लुक्समा प्रस्तुत छन् । अब निर्माण टिमले यही पोस्टरलाई प्रचारमा प्रयोग गर्नेछ । यो फिल्म आगामी भदौ १ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

राजु गिरीको निर्देशनमा बनेको फिल्ममा राजेन्द्र खड्गी, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायतको पनि अभिनय छ । नारायण खातीको शब्द रचना, कथा तथा प्रस्तुति रहेको फिल्मको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका हुन् । सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको ‘नम्बरी सुन’को निर्मातामा सरोज खाती, सविन खाती र मनोज रिजाल रहेका छन् ।

फिल्ममा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, राजेश पायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर, रामजी लामिछानेको नृत्य निर्देशन, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र गौतम राज खड्काको दृश्य सम्पादन छ । फिल्मलाई काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्नेछन् ।