Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘दिमाग खराब’मा दीपकराज समुहको ‘च्याप्टर क्लोज’

फिल्मीखबर, काठमाडौं, 2023/04/26

deepakraj giri and nischal basnet

 

निश्चल बस्नेत करिब ६ वर्षपछि फिल्म ‘दिमाग खराब’बाट निर्देशनमा फर्किँदैछन् । यतिबेला बलियो टिम बनाउन जुटिरहेका उनले आफ्नो सफल फिल्म ‘लुट’ सिरिजका दुई प्रमुख कलाकार दयाहाङ राई र सौगात मल्लसँग कागजी सम्झौता गरिसकेको चर्चा छ । उनले दीपकराज गिरी समुहलाई पनि फिल्ममा जोड्न हरसम्भव प्रयास गरेका थिए । तर, अब त्यसको ‘च्याप्टर क्लोज’ भएको छ ।

दीपकराज समुहले ‘दिमाग खराब’मा टाइअप नगर्ने निर्णय गरेको छ । आइतबार फिल्म ‘छक्का पञ्जा ४’को ५१औं दिने सफलताको कार्यक्रममा दीपकराजले फिल्ममा काम गर्ने विषयमा छलफल भए पनि विभिन्न कारणले सहकार्य सम्भव नभएको बताए । उनले भने, ‘कुरा भएको हो । तर, धेरै ‘टर्म एन्ड कन्डिसन’ले गर्दा हुन सकेन । मैले त्यो प्रोजेक्टमा आफूलाई पाइनँ । कुरा यत्ति मात्र हो ।’

स्क्रिप्ट चित्त नबुझेर त होइन ? भन्ने प्रश्नमा दीपकराजले आफूलाई स्क्रिप्ट चित्त नबुझेको भन्न अधिकार नभएको बताए । ‘स्क्रिप्ट चित्त बुझेन भन्नु हुँदैन । किनभने, मैले स्क्रिप्ट चित्त बुझेन भन्ने वितिक्कै त्यो अर्को कलाकारले खेल्छ । अनि, दीपकलाई चित्त नबुझेको फिल्म मैले किन खेल्या होला भन्ने पर्न जान्छ । त्यसैले त्यस्तो भन्नु हुँदैन । मलाई स्क्रिप्ट मन नपरेको भन्ने होइन,’ दीपकले प्रष्ट पारे ।

निर्देशक बस्नेतले छायांकन नहुँदै आगामी कात्तिक २४ गतेलाई ‘दिमाग खराब’को प्रदर्शन मिति घोषणा गरिसकेका छन् । जनता र शक्तिको कथामा बन्न लागेको फिल्मलाई रौनक विक्रम कँडेलले निर्माण गर्नेछन् । निश्चल दोस्रो फिल्म ‘टलकजंग भर्सेस टुल्के’पछि नै ‘दिमाग खराब’ निर्माण गर्ने तयारीमा थिए । तर, यो शीर्षक चलचित्र विकास बोर्डमा अर्कैले दर्ता गरेपछि उनी अड्किएका थिए ।