Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र पत्रकार संघले रजत सम्मान प्रदान गर्ने

फिल्मीखबर, काठमाडौं, 2023/04/26

चलचित्रको विधामा क्रियाशिल पत्रकाहरुको साझा संस्था चलचित्र पत्रकार संघ नेपालले पहिलो पटक ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । बुधबार चलचित्र विकास बोर्डको सभा हलमा आयोजित एक कार्यक्रमका बीच आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा संघको २४औं वार्षिकत्सवको अवसर पारेर उक्त सम्मान प्रदान गरिने जानकारी गराइयो ।

 

Film Journalist Association Nepal


कलाको विभिन्न विधामा कम्तिमा २५ वर्ष पत्रकारिताको माध्यमबाट योगदान पुर्‍याएको र १५ वर्षभन्दा बढी निरन्तर संघमा आबद्ध भएको एकजना पत्रकारले हरेक वर्ष जेठ ७ गते उक्त सम्मान प्राप्त गर्ने संघका अध्यक्ष समीर बलामीले जानकारी दिए । उनले अग्रज पत्रकारको हौसला बढाउन रजत सम्मान सुरु गर्न लागिएको बताए । यो सम्मानको राशी ५५ हजार ५ सय ५५ रुपैयाँ छ ।

 

Film Journalist Association Nepal


चलचित्र पत्रकार संघले हरेक वर्षको जेठ ७ गते एक जनालाई एउटा ल्यापटपसहितको चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार, दुई जनालाई ५१ हजार राशीको चलचित्र पत्रकारिता पुरस्कार र दुई जनालाई चलचित्र पत्रकारिता सम्मान प्रदान गर्दै आइरहेको छ । त्यस्तै, संघले मोफसलका ९ वटा शाखालाई समेटेर एक जना पत्रकारलाई २५ हजार राशीको पुरस्कार पनि प्रदान गर्दै आएको छ ।

 

Film Journalist Association Nepal


संघले रजत सम्मान घोषणासँगै चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीको प्रमुख आतिथ्यतामा २०८० सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार संघका अध्यक्ष मोहन निरौला, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जन आदिको उपस्थिति रहेको थियो ।