Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाबु बलामीको निर्देशनमा ‘देव वाणी’ बन्ने

फिल्मीखबर, काठमाडौं, 2023/04/26

dev bani - movie

 

बाबु बलामीको निर्देशनमा फिल्म ‘देव वाणी’ बन्ने भएका छ । बैशाख १९ गतेदेखि वीरगंज र तराईका विभिन्न स्थानमा छायांकन हुने फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा सुनिल थापा, ध्रुब कोइराला, देव सिंह, काजोल राघवाणी, मौसम पौडेलको मुख्य भूमिका रहनेछ । नेपाली र भोजपुरी भाषामा निर्माण हुने फिल्मको केही दिनअघि काठमाडौंको एक स्टुडियोमा गीत रेकर्ड गरिएको थियो ।

मनोहर सुनामको संगीत रहेको फिल्मको गीतमा गायक प्रताप दास र गायिका सुनिता कार्कीले स्वर दिएका छन् । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा निराजन मेहता मन्जिलको कथा, हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व रहनेछ । मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता मिना खड्का र हिराबहादुर लेप्चा हुन् ।

महेन्द्र यादव कार्यकारी निर्माता रहेको फिल्ममा तेञ्जु योञ्जनको नृत्य निर्देशन र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहनेछ । निर्देशक बलामीले लामो समयपछि निर्देशनमा पुनरागमन गर्न लागेका हुन् । उनले यसअघि ‘प्रपन्च’, ‘ड्राइभर दाई’, ‘एलान’, ‘द सोल्जर’, ‘यूज’ आदि फिल्मको निर्देशन तथा निर्माण गरेका छन् । ‘देव वाणी’को अर्थ संस्कृत भाषा वा भगवानको भाषा भन्ने हुन्छ ।