Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

झूर प्रतिक्रियाको बावजूद व्यापारमा सलमानको फिल्म बलियो

एजेन्सी, मुम्बई, 2023/04/24

Kisi Ka Bhai Kisi Ki Jaan Movie Review Kisi Ka Bhai Kisi Ki Jaan Review  KKBKKJ Review Salman Khan - सलमान खान की किसी का भाई किसी की जान में सिर्फ  है

 

बक्सअफिसका हिट मेशिन मानिने अभिनेता सलमान खानको चार वर्षपछि हलमा रिलिज भएको फिल्म हो, ‘किसी का भाई किसी की जान’ । यसैले फिल्मले बक्सअफिसमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको थियो । तर, फिल्मको ओपनिङ नै अपेक्षाकृत हुन सकेन । पहिलो दिन फिल्मले १५ करोड ८१ लाख मात्र जोड्यो, जुन सलमानको स्टारडमको तुलनामा कमजोर मानिएको छ ।

यो फिल्मलाई दर्शक तथा समीक्षकले सलमानको करिअरकै झूर फिल्मको संज्ञा दिएका छन् । कुनै पनि फिल्मले खराब प्रतिक्रिया पाएपछि दोस्रो दिनबाट कलेक्सन घट्न थाल्छ । तर, सलमानको फिल्मले दोस्रो दिनबाट कमाईमा उछाल ल्याएको छ । फिल्मले दुई दिनमा ५० करोड बढी कमाई गरेको छ । दोस्रो दिन फिल्मले २५ करोड ७५ लाख र तेस्रो दिन २६ करोड ६१ लाख कमायो ।

तीन दिनमा ६८ करोड १७ लाख कमाएको फिल्मले पहिलो हप्ताभित्र सय करोडको आँकडा नघाउन सक्ने विश्लेषण गरिएको छ । फिल्मले लगानी उठाउने सम्भावना भने ज्यादै न्यून छ । १ सय ५० करोडको लागतमा निर्माण भएको फिल्म १ सय ५/१० करोडमा समेटिन सक्नेछ । किनकि, फिल्मको ‘वर्ड अफ माउथ’ शक्तिशाली छैन । सलमानका एकपछि अर्को फिल्म फ्लप भैरहेका छन् ।

फिल्मलाई फरहाद समजीले निर्देशन गरेका हुन् । सलमा खान निर्माता रहेको फिल्ममा सलमानसँगै पूजा हेगडे, वेङ्कटेश दग्गुबाती, जगपति बाबू, विजेन्द्र सिंह, सिद्धार्थ निगम, शहनाज गिल, जगपति बाबू, जस्सी गिल, पलक तिवारीलगायतको पनि अभिनय छ । फिल्मको एक गीतमा साउथ सुपरस्टार राम चरणले नृत्य गरेका छन् । फिल्मको कथादेखि सलमानको अभिनयसम्म कमजोर छ ।