Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगात र बेनिशा भित्रिएको दुई वर्षपछि ‘सिटामोल’ निर्माणको सुरसार

फिल्मीखबर, काठमाडौं, 2023/04/23

saugat malla and benisha hamal

 

अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालले २ वर्ष अगाडि सम्झौता गरेको फिल्म हो, ‘सिटामोल’ । कहिले कोरोना महामारी त कहिले सौगातको व्यस्तताका कारण फिल्मको निर्माण अन्योल बनेको थियो । अब भने फिल्म निर्माणको सुरसार गरिएको छ । शनिबार काठमाडौंमा फिल्मका लागि एउटा गीत रेकर्ड गरियो । गीतमा नकुल कार्कीको रेकर्ड र प्रकाश खरेलको मिक्सिङ छ ।

‘वृन्दावन’ फेम्ड निर्देशक राजबहादुर सानेको निर्देशनमा बन्ने फिल्मको जेठबाट छायांकन सुरु हुने बताइएको छ । फिल्ममा सौगात र बेनिशाका अलावा बुद्धि तामाङ, ज्ञानु सुनार, ध्रुव दत्तलगायतको पनि अभिनय रहनेछ । अन्य केही कलाकार चाँडै छनोट गरिने निर्देशक सानेले जानकारी दिए । फिल्मको कथा लेखन साने स्वयंको हो भने स्क्रिप्ट डाक्टरको काम प्रदीप भारद्वाजले गरेका हुन् ।

रमेश वन गोसाईं र श्याम थापा निर्माता रहेको फिल्ममा कविराज गहतराजले कोरियोग्राफी रहनेछ । नेपाली समाजमा घटिरहेको वास्तविक घटनामा फिल्म बन्ने निर्देशक सानको भनाई छ । उनी ‘सिटामोल’ आफ्नो करिअरकै उत्कृष्ट फिल्म बन्ने दाबी गर्छन् । सौगात र बेनिशाले दोस्रो पटक एकसाथ काम गर्न लागेका हुन् । यसअघि यी दुईको फिल्म ‘झ्यानाकुटी’मा जोडी बाँधिएको थियो ।