Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बुटवलमा धिरज र जसिताको क्रेज

फिल्मीखबर, काठमाडौं, 2023/04/22

DIRAJ MAGAR AND  JASSITA GURUNG (1)

 

अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ दुवैको प्रदर्शनको हिसाबले ‘आई एम ट्वान्टी वान’ तेस्रो फिल्म बन्दैछ, जुन आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । ‘इन्टु मिन्टु लण्डनमा’ र ‘बाबरी’ धिरजका प्रदर्शित फिल्म हुन् भने जसिताको डेब्यू फिल्म ‘लिलिबिली’ र दोस्रो फिल्म ‘लभ स्टेशन’ थियो । उनीहरुले दुई फिल्मबाटै युवापुस्तामा लोभलाग्दो क्रेज बनाएका छन् ।

 

DIRAJ MAGAR AND  JASSITA GURUNG (1)


‘आई एम ट्वान्टी वान’को प्रदर्शन मिति नजिकिँदै गर्दा धिरज र जसितालाई प्रचार-प्रसारको धपेडी सुरु भएको छ । मोफसल प्रचार अभियान अन्तर्गत शुक्रबार उनीहरुले बुटवल पुगेर दर्शकसँग भेटघाट गरे । तिलोत्तमा कलेजको एक कार्यक्रममा पुग्दा उनीहरुको जबर्जस्त क्रेज देखिएको थियो । दुवैसँग फोटो खिच्न र अटोग्राफ लिनका लागि कलेजका तन्नेरीहरुबीच हानाथाप नै चलेको थियो ।

 

DIRAJ MAGAR


उक्त कार्यक्रममा धिरजले आफ्नो एक डाइहार्ट युवती फ्यानसँग भेट गरे, जसले उनको विभिन्न समयको तस्बिरहरु संकलन गरेर एउटा फ्रेममा सजाएकी थिइन् । र, ती फ्यानले उक्त फ्रेम उपहारस्वरुप प्रदान गर्दा धिरज अवाक भए । उनलाई देख्दा गहभरि हुने युवतीहरुको संख्या पनि कम थिएन । बुटवलकै क्षितिज कलेजमा पुग्दा पनि धिरज र जसिताको क्रेज गजब देखिएको थियो ।

 

DIRAJ MAGAR AND  JASSITA GURUNG (1)


बुटवलमा उनीहरुले पत्रकार भेटघाट पनि गरे । जसिताले फिल्म प्रदर्शन हुनुभन्दा अगाडि दर्शकहरुसँग भेटघाट गर्न पाउँदा खुसी लागेको बताउँदै फिल्मलाई लिएर आफू उत्साहित रहेको बताइन् । त्यस्तै, धिरजले फिल्मलाई लिएर दर्शकमा देखिएको उत्साहले हौसला मिलेको बताए । फिल्मले डान्सको माध्यमबाट नेपाली युवाहरुको सपना र संघर्षको कथालाई देखाएको उनको भनाई छ ।

 

JASSITA GURUNG (1)


चलचित्र पत्रकार संघको रुपन्देही शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा संघका रुपन्देही अध्यक्ष मोहन न्यौपाने, संघका केन्द्रीय संगठन उपाध्यक्ष विजय आवाज, संघका रुपन्देहीका संस्थापक सुमन श्रेष्ठलगायतको उपस्थिति थियो । त्यस्तै, शनिबार धिरज र जसिताले नेपालगञ्जस्थित बागेश्वरी हलमा दर्शकसँग साक्षात्कार गर्ने र दाङ्ग पुगेर पत्रकार भेटघाट गर्ने कार्यक्रम तय छ ।

 

DIRAJ MAGAR AND  JASSITA GURUNG (1)


प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेको फिल्ममा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार, सुशान्त गौतम आदिको पनि विशेष भूमिका छ । फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर र द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ ।