Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘कबाट कछुवा’ पढाउँदै प्रियंका

फिल्मीखबर, काठमाडौं, 2023/04/20

priyanka karki

 

बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘नाइँ नभन्नू ल ६’को तीनवटा गीत तथा ट्रेलर/टिजर सार्वजनिक गरिएको थियो । तर, अन्तिम घडीमा फिल्मले मैदान छाड्यो । र, बैशाख १५ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरियो । अब फेरि निर्माण टिमलाई प्रचार तीव्र पार्नुपर्ने चुनौती थपिएको छ । यसबीच, बिहीबार फिल्मको ‘कबाट कछुवा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा बेनिशा पौडेलको स्वर, डा. सुबोध कुमार पोखरेलको शब्द रचना तथा भुपेन्द्र रायमाझीको संगीत छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । गीतमा अभिनेत्री प्रियंका कार्की शिक्षिकाको भूमिकामा देखिएकी छन् । गीतको माध्यमबाट स्कूले बच्चाबच्चीहरुलाई पढाउँदै गरेको अवस्थामा उनी चित्रित छिन् ।

विकासराज आचार्यद्वारा निर्देशित फिल्ममा प्रियंकाका अलावा आँचल शर्मा, आशिर्वाद क्षेत्री (नव-नायक), केकी अधिकारी, सरोज खनाल, खड्ग बहादुर पुन, अभिनेता निखिल उप्रेतीका छोरा अथर्व, योगिशा खत्रीलगायतको पनि अभिनय छ । निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीको लेखन रहेको फिल्ममा भुपेन्द्रसँगै बसन्त सापकोटा र शरद शंकरको पनि संगीत छ ।

आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्मातामा छन् । फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।