Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गणपति’को ‘ए मेरी आमा’ गीतमा सन्तानप्रति आमाको प्रेम वर्णन

फिल्मीखबर, काठमाडौं, 2023/04/19

MUKUN BHUSAL, SURYAMALA SHARMA

 

मातातीर्थ औंसीको पूर्वसन्ध्यामा आगामी जेठ ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘गणपति’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘ए मेरी आमा’ बोलको संवादसहितको गीतले सन्तानप्रति आमाको प्रेम वर्णन गर्छ । सार्वजनिक गीतमा निर्देशक सबिन अधिकारीको शब्द रचना तथा संगीत रहेको छ भने प्रविन भेडुवालको स्वर सुन्न सकिन्छ । गीतका शब्दहरु मर्मस्पर्शी छन् ।

फिल्मले नेपाली समाजको चरित्र चित्रण गर्ने लेखक समेत रहेका सबिन अधिकारीको भनाई छ । कोही व्यक्ति कुनै बेला समाजको भगवान् बन्ने र पछि त्यही व्यक्तिलाई समाजले कसरी नरकीय व्यवहार गर्छ भन्ने नै फिल्मको कथासार रहेको उनले बताएका छन् । ‘गणपति’ले आस्थाको रुपमा रहेका भगवान् र भौतिक रुपमा पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने सबिन स्पष्ट पार्छन् ।

हरिबहादुर घलेको छायांकन रहेको फिल्ममा मुकुनका साथै मेनुका प्रधान, कविता न्यौपाने, सूर्यमाला खनाल, प्रकाश घिमिरे, स्व. जयनन्द लामा, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीकाभक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल आदिको अभिनय छ । एबिगम्यान फिम्ल्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता लक्ष्मण थापा, अरविन्द गिरी र विज्ञान केसी हुन् ।