Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जापानबाट ‘निरमाया’ले अन्तर्राष्ट्रिय प्रदर्शन थाल्दै

फिल्मीखबर, काठमाडौं, 2023/04/18

niramaya-movie

 

जातीय छुवाछुत अन्त्य गर्ने अभिप्रायले निर्माण भएको फिल्म ‘निरमाया’ले जापानबाट अन्तर्राष्ट्रिय प्रदर्शन थाल्ने भएको छ । एनोदर चान्स नेपालको प्रस्तुति तथा एनआरएनए जापान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आयोजनामा फिल्मको जापानमा विशेष प्रदर्शनी हुन लागेको हो । अप्रिल २९ मा टोकियोको शिनओकुबोस्थित सोलमारी मुराहलमा फिल्म प्रदर्शन हुनेछ ।

एनोदर चान्स नेपालले जापान राइट्स लिएर फिल्मको प्रदर्शन गर्न लागेको हो । जापानका अन्य सहरहरुमा पनि फिल्म प्रदर्शनको तयारी भैरहेको जानकारी प्राप्त छ । यो फिल्म नेपालका हलमा भने प्रदर्शन भएको छैन । अन्तर्राष्ट्रिय प्रदर्शन सकेपछि फिल्मलाई हलमा प्रदर्शन गरिने प्रस्तुतकर्ता अनन्त तिमल्सिनाले बताए । अन्य देशमा पनि फिल्म प्रदर्शनको तयारी भैरहेको उनको भनाई छ ।

मदानी मुभि एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई रमेश कोइरालाले निर्देशन गरेका हुन् । रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे, जेबी डीसी, अजित लामिछाने, प्रतिशा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतको अभिनय रहेको ‘निरमाया’को निर्माणमा मदानी मुभिज र पदम विश्वकर्मा साहित्य प्रतिष्ठानले सहकार्य गरेका छन् ।