Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

दयाहाङ र मिरुनाको जोडी ‘सुपरहिट’

फिल्मीखबर, काठमाडौं, 2023/04/18

dayahang rai and miruna magar

 

प्रदर्शनरत फिल्म ‘जारी’ हेरेपछि समीक्षक तथा स्क्रिप्ट राइटर सामिप्यराज तिमल्सिनाले फेसबुकमा लेखेका छन्, ‘तुलना क्षम्य होस्, दयाहाङ राई र मिरुनाको जोडी बलिउडको शाहरुख खान र काजोलको जस्तो सुपरहिट हुने छाँट देखियो ।’ यो कुरालाई नकार्न सकिन्न । उनीहरुले सहकार्य गरेको ‘कबड्डी ४’ र ‘जारी’ ब्लकबस्टर हुँदा अब यो जोडीले नेपाली फिल्ममा राम्रै राज गर्ने देखिन्छ ।

विश्वमै ट्रेन्ड कस्तो छ भने फिल्म सुपरहिट भयो भने त्यसको सिक्वेल बनिहाल्छ । र, जोडी दर्शकले रुचाए भने मेकरहरु उनीहरुकै पछाडि दौडिन्छन् । ‘कबड्डी ४’ ब्लकबस्टर भएपछि निर्देशक दीपेन्द्र लामाले दया र मिरुनालाई लिएर फिल्म ‘नाङ्गो गाउँ’ घोषणा गरे, जसको अहिले छायांकन भैरहेको छ । यो जोडीको ‘जारी’ पनि सुपरहिट भैसकेकाले फेरि उनीहरुको माग चर्किने निश्चित छ ।

‘कबड्डी ४’ र ‘जारी’ दुवैमा दयाहाङ र मिरुनाको जोडीलाई दर्शकले अचाक्ली रुचाएका छन् । पर्दामा उनीहरुको केमेस्ट्री सुहाएको पनि छ । मिरुनाका लागि दया त ‘लक्की चार्म’ नै हुन् । डेब्यू फिल्मदेखि असफलता मात्र भोगेकी उनलाई दयाहाङसँगको ‘कबड्डी ४’ले पहिलो पटक हिटको सुःख दियो । दोस्रो हिट पनि दयाहाङसँगकै सहकार्यले दियो । अब उनको करिअरले गति लिएको छ ।

‘कबड्डी ४’ (२२ करोड) र ‘जारी’ (चार दिनमा ५ करोड ग्रस) कमाई जोड्ने हो भने २७ करोड हुन्छ । एउटै जोडीको फिल्मले यति ठूलो कमाई गरेको नेपाली फिल्मको इतिहासमा यसअघि छैन । यसअर्थ दयाहाङ र मिरुना अहिलेको सबैभन्दा ‘सुपरहिट’ जोडी हो । अबको केही वर्ष यी दुईलाई लिएर फिल्म बनाउन मेकरहरुबीच ठूलै हानाथाप हुनेछ । किनकि, यहाँ बलेकै आगो तापिन्छ ।